काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक ७ लाख ५० हजार रुपैयाँ (करपछि) दिलाएको छ।
गत कात्तिक ५ गते उनले ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका उनले करदाता पुरस्कारअन्तर्गत लक्की ड्रमा १० लाख रुपैयाँ जितेका हुन्। उनको कुपन नम्बर ०९८०४६५५८१७५ रहेको छ।
यस्तै करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँका विजेता बनेका १५ जनाको विवरण पनि सार्वजनिक गरिएको छ। कात्तिकको पहिलो १५ दिनमा १५ जनाले रु १ लाखका दर जितेका हुन्। उनीहरूले करछुटसहित १ लाख रुपैयाँ नै प्राप्त गर्नेछन्।



