२०८३ कार्तिक १९ गते बुधबार

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
karnali_dev_bank

काठमाडौँः समस्याग्रस्त कर्णाली विकास बैंकलाई कसरी पुनः सञ्चालनमा ल्याउने र निक्षेपकर्ताको रकम कसरी फिर्ता गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंकले छलफल जारी राखेको छ।

बैंकको व्यवस्थापन, स्वामित्व संरचना र निक्षेपकर्ताको रकम फिर्तासम्बन्धी विभिन्न विकल्पमाथि छलफल भइरहेको छ।

राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समितिका हालका संयोजक विष्णु विश्वकर्माका अनुसार अहिले बैंकलाई पुनः सञ्चालनमा ल्याउने विषयमा विभिन्न विकल्पमाथि छलफल भइरहेको छ। नयाँ संस्थापक सेयरधनी भित्र्याउने विकल्पलाई प्राथमिकता दिइए पनि निक्षेपकर्तालाई नै सेयर दिने विकल्प भने पूर्ण रूपमा बन्द गरिएको छैन। निक्षेपकर्तालाई सेयर दिने विषयलाई भने अन्य विकल्प सफल नभए मात्रै अघि बढाउने गरी हेरिएको छ।

‘राष्ट्र बैंक जसरी हुन्छ यो बैंकलाई सञ्चालनमा ल्याउन लागिपरेको छ। हाम्रो पहिलो प्राथमिकता नयाँ संस्थापक सेयरधनी ल्याएर आवश्यक पुँजी जुटाउने हो। निक्षेपकर्तालाई सुरुमै सेयर दिने योजना छैन। अन्य सबै विकल्प सफल भएनन् भने मात्रै अन्तिम विकल्पका रूपमा निक्षेपलाई सेयरमा रूपान्तरण गर्ने विषयमा सोचिनेछ,’ विश्वकर्माले नेपाल क्लिक्ससँग भने।

केही समयअघि बैंकका निक्षेपकर्तालाई उनीहरूको निक्षेपबापत साधारण सेयर दिने विषयमा पनि छलफल भएको थियो। यसका लागि नेपाल धितोपत्र बोर्डसँग लामो समय छलफल गरिएको विश्वकर्माले बताए। तर, निक्षेपलाई सेयरमा रूपान्तरण गर्ने व्यवस्था नयाँ भएकाले त्यसका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक पर्ने देखिएको थियो।

धितोपत्र बोर्डले पनि निक्षेपकर्तालाई साधारण सेयर दिनुभन्दा नयाँ संस्थापक सेयर जारी गरेर लगानीकर्ता भित्र्याउनु उपयुक्त हुने सुझाव दिएको उनले जानकारी दिए।

‘धितोपत्र बोर्डले पनि राम्रो सुझाव दिएको हो। निक्षेपकर्ताहरू पनि सेयर पाउने कुरा आएपछि खुसी हुनुहुन्छ। मलाई फोन गरेर हामीलाई सेयर दिए हुन्छ भन्नुहुन्छ। तर, अब कसरी अगाडि बढ्ने भन्ने विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको छ,’ विश्वकर्माले भने।

उनका अनुसार निक्षेपकर्तालाई सेयर दिने वा नयाँ संस्थापक भित्र्याउने, बैंकको स्वामित्व संरचना कसरी परिवर्तन गर्ने र अन्य विकल्प कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा राष्ट्र बैंकभित्र छलफल भइरहेको छ। यसबारे केही दिनभित्र थप स्पष्ट निर्णय आउने अपेक्षा गरिएको उनले बताए।

राष्ट्र बैंकले २०८१ पुस ११ गते बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकको अध्ययनअनुसार कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था अझै कमजोर छ। हाल बैंकको चुक्ता पुँजी घटेर २९ करोड रुपैयाँमा झरेको छ। यसअघि ५० करोड रुपैयाँ रहेको चुक्ता पुँजी वित्तीय अपचलनमा संलग्न व्यक्तिहरूको सेयर मूल्य समायोजन गरेपछि घटेको हो।

बैंकमा हाल करिब ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप रहेको छ भने कर्जा तथा अन्य सम्पत्तिको मूल्य करिब ३ अर्ब ६५ करोड रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ। यसले बैंकको सम्पत्तिले निक्षेपकर्ताप्रतिको सम्पूर्ण दायित्व धान्न नसक्ने अवस्था देखाउँछ।

अहिले नै बैंकको सम्पत्ति बिक्री गरेर हिसाब मिलाउने हो भने करिब २५ प्रतिशत निक्षेपकर्ताले आफ्नो रकम फिर्ता नपाउने अवस्था देखिएको छ। यही कारण राष्ट्र बैंकले बैंकलाई तत्काल विघटन गर्नुको सट्टा पुनः सञ्चालनमा ल्याएर दीर्घकालीन रूपमा निक्षेपकर्ताको रकम फिर्ता गराउने विकल्पमा काम गरिरहेको छ।

राष्ट्र बैंकको व्यवस्थापन टोलीले तयार पारेको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनले बैंकको खुद सम्पत्ति (नेटवर्थ) २ अर्ब ४६ करोड रुपैयाँ ऋणात्मक रहेको देखाएको छ। प्रतिवेदनअनुसार बैंकका तत्कालीन सञ्चालक तथा उच्च व्यवस्थापनको मिलेमतोमा १ अर्ब २७ करोड रुपैयाँ नगद अपचलन भएको छ। बैंकको प्रणालीमा रकम रहेको देखाइए पनि वास्तविक नगद मौज्दात नराखिएको तथा कतिपय रकम अभिलेखबाहिर लगेर प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।

डीडीए प्रतिवेदनले बैंकलाई पुरानै स्वरूपमा सञ्चालन गर्न कठिन हुने निष्कर्ष निकालेको छ। प्रतिवेदनले पुँजी वृद्धि, नयाँ संस्थापक लगानीकर्ता भित्र्याउने, आवश्यक परे संस्थाको स्तर परिवर्तन गर्ने वा उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जाने विकल्पलाई सम्भावित समाधानका रूपमा सुझाएको छ।

ऋण असुली गरेर निक्षेपकर्ताको रकम फिर्ता गर्दै

लामो समयदेखि आफ्नो बचत फिर्ता नपाएपछि कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले संघर्ष समिति गठन गरेर रकम फिर्ताको माग गर्दै आएका छन्। आफ्नो बचत कहिले फिर्ता पाइन्छ भन्ने अन्योलमा रहेका निक्षेपकर्तालाई तत्काल राहत दिन बैंकले ऋणीबाट कर्जा असुली गरेर साना निक्षेपकर्ताको रकम फिर्ता गर्ने काम गरिरहेको व्यवस्थापन समितिका संयोजक विश्वकर्माले बताए।

‘धेरै निक्षेपकर्ता आफ्नो पैसा हराउला कि भनेर डराउनुभएको छ। त्यो स्वाभाविक पनि हो। हामी निक्षेपकर्तासँग दैनिक सम्पर्कमा नै छौँ। ऋणीबाट पैसा उठाएर साना निक्षेपकर्ताको निक्षेप फिर्ता पनि गरिरहेका छौँ,’ उनले भने।

उनले अन्य निक्षेपकर्तालाई पनि नआत्तिन आग्रह गरे। ‘अरू निक्षेपकर्ताले पनि नडराउनुहोला, राष्ट्र बैंक तपाईंहरूको साथमा छ। हामी जतिसक्दो चाँडो निक्षेप फिर्ता गराउने प्रयासमा छौँ,’ उनले भने।

उनका अनुसार बैंकका केही ऋणी पनि सम्पर्कमा आइरहेका छन्। केही ऋणीले आफ्नो अहिलेको अवस्था कमजोर रहे पनि छिट्टै रकम भुक्तानी गर्ने बताएका छन्।

राष्ट्र बैंकले भने निक्षेपकर्ताको हितलाई केन्द्रमा राखेर बैंकलाई पुनः सञ्चालनमा ल्याउने उपयुक्त मोडालिटी तयार पार्ने काम गरिरहेको छ। बैंकको स्वामित्व संरचना परिवर्तनदेखि निक्षेपकर्तालाई सेयर दिने विकल्पसम्म छलफलमा रहे पनि कुन विकल्प कार्यान्वयन गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ।

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास भइरहेको छ भने सबै निक्षेपकर्ताको रकम सुरक्षित गर्ने दीर्घकालीन समाधानको खोजी जारी छ।

प्रकाशित: २०८३ कार्तिक १९ गते बुधबार ०५:३५
प्रतिक्रिया

थप समाचार

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...

राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ। राष्ट्र बैंकको...

एनआईसी एशिया बैंकले हकप्रद निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

काठमाडौँः एनआईसी एशिया बैंकले विद्यमान सेयरधनीलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएसँगै...

तिहारका लागि दुई दिन बबरमहलबाट सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँः तिहारको अवसर पारेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। सीमित मौज्दातमा दुई दिन मात्रै बिक्री खुला गरिने भएकाले सुनचाँदीका...

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना