२०८३ कार्तिक २३ गते आईतबार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २३
cyber_thagi

काठमाडौँः तिहारलगायत चाडपर्वको समयमा किनमेल, रकम स्थानान्तरण तथा डिजिटल भुक्तानीको कारोबार उल्लेख्य रूपमा बढ्ने गर्छ।

विशेषगरी मोबाइल बैंकिङ, डिजिटल वालेट र क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढ्दै गएको छ। कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

त्यसैले चाडपर्वमा वित्तीय कारोबार गर्दा ग्राहकले विशेष सावधानी अपनाउन आवश्यक छ।

नेपालमा डिजिटल वित्तीय सेवाको प्रयोग विस्तार हुँदै जाँदा व्यक्तिगत विवरण चोरी, नक्कली फोन तथा सन्देश, फिसिङ लिंक र अनधिकृत कारोबारजस्ता जोखिम देखिने गरेका छन्।

ठगी गर्ने व्यक्तिले बैंक तथा वित्तीय संस्थाका कर्मचारी भएको बहाना बनाउने, आकर्षक उपहार वा पुरस्कारको प्रलोभन देखाउने र विभिन्न माध्यमबाट गोप्य विवरण माग्ने गर्छन्।

नेपाल राष्ट्र बैंकले पनि वित्तीय कारोबार गर्दा गोप्य विवरण सुरक्षित राख्न, साइबर ठगीबाट सचेत रहन र वित्तीय सेवासम्बन्धी सर्त तथा नियम बुझेर मात्रै कारोबार गर्न आग्रह गर्दै आएको छ।

वित्तीय ठगी तथा बैंकिङ कसुरबाट बच्न तिहारको समयमा ग्राहकले अपनाउनुपर्ने सात सावधानी यस्ता छन्।

ओटीपी र पिन नम्बर गोप्य राख्ने

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल भुक्तानी गर्दा प्रयोग हुने ओटीपी, एटीएम पिन र पासवर्ड कसैलाई पनि दिनु हुँदैन।

बैंकका कर्मचारी भएको दाबी गर्ने व्यक्तिले फोन गरेर मागे पनि यस्ता विवरण उपलब्ध गराउनु हुँदैन। बैंकले ग्राहकसँग फोन वा सन्देशमार्फत गोप्य पासवर्ड र ओटीपी माग्दैन भन्ने कुरा बुझ्नुपर्छ।

अपरिचित लिंकमा क्लिक नगर्ने

चाडपर्वको अवसरमा उपहार, पुरस्कार, छुट तथा आकर्षक अफरको नाममा मोबाइलमा विभिन्न लिंक आउन सक्छन्।

यस्ता लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण चोरी हुन वा मोबाइलमा हानिकारक सफ्टवेयर प्रवेश गर्न सक्छ। त्यसैले अपरिचित स्रोतबाट आएका लिंक नखोल्ने र आधिकारिक वेबसाइट वा एपबाट मात्रै सेवा प्रयोग गर्ने गर्नुपर्छ।

क्यूआर कोड जाँच गरेर मात्रै भुक्तानी गर्ने

पसल, सपिङ सेन्टर वा अन्य स्थानमा क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्दा प्राप्तकर्ताको नाम र विवरण अनिवार्य रूपमा जाँच गर्नुपर्छ।

रकम पठाउनुअघि स्क्रिनमा देखिएको नाम सही व्यक्ति वा व्यवसायको हो कि होइन भन्ने पुष्टि गर्नुपर्छ। अपरिचित व्यक्तिले पठाएको क्यूआर कोड प्रयोग गर्दा थप सतर्क हुनुपर्छ।

नक्कली फोन तथा सन्देशबाट सावधान रहने

बैंकको नाम प्रयोग गरी खाता बन्द हुने, रकम रोक्का हुने वा खाता अद्यावधिक गर्नुपर्ने भन्दै फोन तथा सन्देश आउन सक्छन्।

यस्ता माध्यमबाट व्यक्तिगत विवरण मागिएमा विश्वास गर्नु हुँदैन। शंका लागेमा फोन गर्ने व्यक्तिले दिएको नम्बरमा सम्पर्क नगरी बैंकको आधिकारिक नम्बर वा शाखामार्फत जानकारी लिनुपर्छ।

सामाजिक सञ्जालका लगानी प्रस्तावमा विश्वास नगर्ने

सामाजिक सञ्जालमा कम समयमा धेरै नाफा कमाउने, निश्चित प्रतिफल दिने वा रकम दोब्बर बनाइदिने भन्दै विभिन्न प्रस्ताव आउन सक्छन्। यस्ता प्रलोभनमा परेर अपरिचित व्यक्तिलाई रकम पठाउनु हुँदैन। लगानी गर्नुअघि सम्बन्धित कम्पनी, संस्था र प्रस्तावको आधिकारिकता जाँच गर्नुपर्छ।

मोबाइल बैंकिङको पासवर्ड सुरक्षित राख्ने मोबाइल बैंकिङमा सजिलै अनुमान गर्न सकिने पासवर्ड प्रयोग गर्नु हुँदैन। मोबाइलको लक र बैंकिङ एपको सुरक्षा व्यवस्था सक्रिय राख्नुपर्छ।

मोबाइल हराएमा वा चोरी भएमा तत्काल बैंक तथा सम्बन्धित सेवा प्रदायकलाई जानकारी गराई खाता र डिजिटल सेवा सुरक्षित गर्न आवश्यक प्रक्रिया अपनाउनुपर्छ।

कारोबारको सूचना नियमित जाँच गर्ने

बैंक खाताबाट रकम काटिएको सूचना, एसएमएस तथा मोबाइल बैंकिङको कारोबार विवरण नियमित जाँच गर्नुपर्छ। आफूले नगरेको कारोबार देखिएमा वा शंकास्पद सूचना प्राप्त भएमा तत्काल बैंक तथा भुक्तानी सेवा प्रदायकलाई जानकारी दिनुपर्छ।

ठगीमा परे के गर्ने?

वित्तीय ठगी भएको शंका लागेमा वा खाताबाट अनधिकृत रूपमा रकम निकालिएको थाहा पाएमा ढिलाइ नगरी सम्बन्धित बैंक तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्छ। आवश्यकताअनुसार नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ।

ठगीसँग सम्बन्धित फोन नम्बर, सन्देश, स्क्रिनसट र कारोबार विवरण सुरक्षित राख्नु पनि महत्त्वपूर्ण हुन्छ।

तिहारको समयमा डिजिटल कारोबारले किनमेल र रकम भुक्तानीलाई सहज बनाए पनि सुरक्षामा लापरबाही गर्नु हुँदैन। व्यक्तिगत विवरण गोप्य राख्ने, प्राप्तकर्ताको पहिचान पुष्टि गर्ने र शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउने बानीले वित्तीय ठगीको जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउँछ।

प्रकाशित: २०८३ कार्तिक २३ गते आईतबार ०६:५७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना