२०८३ मङ्सिर ११ गते शुक्रबार

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ९
nirbachan_aayog

काठमाडौँः निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको निर्णयसँगै १५औँ महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिले दलको आधिकारिक अभिलेखमा स्थान पाएको छ ।

कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा आयोगले मंगलबार बसेको बैठकबाट कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।

१५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक तथा समसामयिक दस्तावेज र अन्य निर्णयहरू आयोगमा बुझाउँदै अभिलेख अद्यावधिकका लागि निवेदन दिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले आफ्ना पदाधिकारीमा हेरफेर गरे त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले दल दर्ता किताबमा पदाधिकारी परिवर्तन तथा सम्बन्धित विवरण अद्यावधिक गर्ने गर्छ ।

आयोगको पछिल्लो निर्णयले कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व र त्यसबाट पारित विधानलाई औपचारिक रूपमा अभिलेखमा समेटेको छ ।

प्रकाशित: २०८३ मङ्सिर ९ गते बुधबार ०३:१४
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : स्वागत भव्य, उपलब्धि औसत; सीमा विवाद र पुराना मुद्दा ओझेलमा

काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले पहिलो द्विपक्षीय भ्रमणका हिसाबले यसलाई सफल...

प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा,...

मोदीलाई नेपाल भ्रमणको निम्तो, भारतीय लगानीका लागि नेपाल खुला रहेको प्रधानमन्त्री शाहको सन्देश

काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा मोदीसँगको...

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा.एस.जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भारतको नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका...

प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्लीस्थित...
image_5777e118
राजनीति

तीन तहका सरकारका कार्यक्रममै दोहोरोपना, राज्यलाई आर्थिक भार

संविधानको अनुसुची ५ मा राष्ट्रिय वन नीति सम्बन्धी विषय संघको अधिकार क्षेत्र भित्र छ। संविधानको अनुसूची ९ मा भने वन जंगल वन्यजन्तु वातावरण पर्यावरण संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार...
gautam
उद्योग

जयप्रकाश एसोसियट अदानी समूहले किन्यो, गौतमले नेपालमा लगानी गर्न लागेका हुन्?

स्वामित्व खरिदसँगै कम्पनीको नाम परिवर्तन गरि अदानी इन्फ्रास्ट्रक्चर इन्ट्रिगेटेड सलुसन्स लिमिटेड राखिएको छ। नेपालका कम्पनी रजिष्टार कार्यालयले कम्पनीको नाम परिवर्तनलाई स्वीकृति दिएको...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
clincker_plant
उद्योग

महाशक्ति सिमेन्टले १३ अर्ब लगानीमा क्लिङकर प्लान्ट ल्याउँदै, उत्पादन क्षमता दैनिक २५०० टन

कम्पनीले मुख्यतया आफ्नो क्लिंकर मातृ संस्था महाशक्ति सिमेन्टलाई आपूर्ति गर्ने भएको छ। उद्योगले प्युठान र अर्घाखाँचीमा अवस्थित तीनवटा खानीहरूबाट चुनढुङ्गा आपूर्तिको व्यवस्था सुनिश्चित...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना