२०८३ कार्तिक १३ गते बिहिबार

मिटरब्याजी अध्यादेश निष्क्रिय भएसँगै २४ हजार निवेदन अलपत्र

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार २१
meter byaj (8)

काठमाडौं– मिटरब्याज पीडितलाई सम्बोधन गर्ने सरकारी अध्यादेश संसद् अवरोधका कारण निष्क्रिय भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिनभित्र संसद्बाट पारित हुन नसकेपछि अध्यादेश निष्क्रिय भएको हो। विधेयक बुधबारको बैठकमा पारित हुनुपर्ने थियो। तर, प्रतिनिधिसभा बैठक प्रतिपक्षी एमालेलगायतका दलले अवरोध गरेपछि २४ हजार मिटरब्याजसम्बन्धी उजुरीको पोको बेकामे हुने आशंका उब्जिएको छ।

सरकारले अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिनेजस्तो गम्भीर कार्यलाई फौजदारी कसुर कायम गरी त्यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई सजाय दिन अध्यादेश ल्याएको थियो। राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा आएको प्रतिस्थापन विधेयक बुधबारसम्म पारित गर्नुपर्ने थियो। तर बुधबार प्रतिनिधिसभामा एमालेसहितका प्रतिपक्षीले अवरोध गरेपछि विधेयक पारित भई राष्ट्रिय सभामा पठाउनुपर्ने भए पनि राष्ट्रिय सभा बैठक आजसम्म स्थगित भएसँगै अध्यादेश आजैदेखि निष्क्रिय भएको छ।

संविधानको धारा ११४ मा दुवै सदनले अध्यादेश स्वीकार नगरे र दुवै सदनको बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने उल्लेख छ। पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली दौडिएको विषय गत सोमबार बताएपछि त्यसबारे सोधीखोजी गर्दै एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि शुक्रबारसम्मलाई स्थगित भएको छ।

२४ वैशाखमा प्रतिनिधिसभामा मिटरब्याजसम्बन्धी अध्यादेश पेस भएको थियो। सरकारले ५ असारमा प्रतिस्थापन विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको थियो। अध्यादेश निष्क्रिय भएसँगै मिटरब्याज कसुरमा हुने कारबाहीमा कानुनी शून्यता भएको छ। बुधबार अन्तिम दिन विधेयक पारितको कार्यसूची तय भएको थियो।

मिटरब्याजलाई कसुर परिभाषित गर्ने गरी सरकारले १७ वैशाखमा अध्यादेश सिफारिस गरेको थियो। २० वैशाखमा गते प्रमाणीकरण र राजपत्रमा प्रकाशित भएको थियो। लगत्तै २४ वैशाखमा बसेको संसद् अधिवेशनमा अध्यादेश पेस भएको थियो। प्रतिनिधिसभाले २७ वैशाखमा अध्यादेश स्वीकृत गरेको थियो। तर, अध्यादेश पेस भएको झन्डै डेढ महिनापछि मात्र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा पेस भएको थियो।

५ असारमा विधेयक दर्ता भएपछि परिपक्व हुन लाग्ने पाँच दिनको समयपछि १० असारमा राष्ट्रिय सभामा पेस भएको थियो। राष्ट्रिय सभाले १५ असारमा विधेयक पारित गरेको थियो। बुधबारको बैठक अवरुद्ध भएसँगै विधेयक पारितको प्रक्रियाले पूर्णता पाउन नसकेको हो।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले विभिन्न जिल्लामा १ हजार २७० जनाको निवेदनमा मेलमिलाप गराएको आयोग अध्यक्ष गौरीबहादुर कार्कीले बताए। हालसम्म आयोगमा २४ हजार निवेदन परेको उनको भनाइ छ। आयोगले २६ चैत २०७९ देखि काम थालेको थियो। प्राप्त निवेदनमध्ये सर्वाधिक मधेस प्रदेशका आठ जिल्लामा मात्रै १८ हजार २१ मिटरब्याजपीडितको निवेदन परेको आयोगले जनाएको छ।

प्रकाशित: २०८० असार २१ गते बिहिबार ०९:१०
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना