२०८३ कार्तिक १३ गते बिहिबार

मधेश प्रदेश : आर्थिक विधेयकमा सर्वसम्मति

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार २९
madhesh_sava

जनकपुरधाम– मधेश प्रदेशसभाबाट सरकारले ल्याएको आर्थिक विधेयक सर्वसम्मत स्वीकृत भएको छ। शुक्रबारको प्रदेशसभा बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनि राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। योसँगै मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट तथा कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ।

मधेस प्रदेश सरकारले यही असार १ गते आर्थिक २०८०/८१ को बजेट सार्वजनिक गरेको थियो । बजेट प्रस्तुत भएको २८ दिनपछि आर्थिक विधेयक सर्वसम्मतिले स्वीकृत गरिएको हो। अर्थमन्त्री सञ्जय यादवले रु ४६ अर्ब ९२ करोड ११ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए। बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २० अर्ब ९२ करोड १५ लाख बजेट विनियोजन गरिएको थियो।

प्रस्तुत बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिँचाइलाई प्रमुख प्राथमिकतामा राखिएको छ । जसमा मधेश प्रदेशका किसानलाई किसन परिचयपत्र वितरण गरी विदेश भ्रमणमा लिने, ‘हरेक खेतमा पानी, किसानलाई आम्दानी’ अभियानअन्तर्गत सिँचाइका लागि निःशुल्क विद्युत् सेवा उपलब्ध गराउने, ‘एक टोल, एक सामूहिक कृषि उत्पादन’, ‘एक वडा, एक विशेष उत्पादन’ र ‘एक पालिका, एक उत्पादन क्षेत्र नमूना कार्यक्रम’, युवालाई कृषिमा लाग्न प्रोत्सान, मुख्यमन्त्री किसान उत्थान कार्यक्रम, नमूना कृषि खेती, कृषिमा आत्मनिर्भर हुन १० वर्षे गुरुयोजना निर्माण, कृषि प्रणालीलाई आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकरण गरी उत्पादन तथा उत्पादकत्व अभिवृद्धिलगायतका कार्यक्रमको व्यवस्था गरिएको छ।

यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री यादवले प्रदेशको कोष मजबुत गर्ने, जनतालाई सेवा दिने, राजस्वको दायरा फराकिलो बनाउने, सबल अर्थतन्त्र र बलियो सरकारका लागि सन्दुक (ढुकुटी) र बन्दुक (प्रहरी प्रशासन) आवश्यक पर्ने भएकाले त्यसका लागि प्रदेश सरकारले सक्दो काम गरिरहेको बताए। उनले प्रहरी प्रशासन प्रदेश मातहतमा ल्याउन आफूहरुको प्रयास जारी रहेको पविन उल्लेख गरे।

दुई विधेयक प्रस्तुत
शुक्रबारकै बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेश प्रदेश सवारी तथा यातायात विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव राखेका थिए।

विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री यादवले विधेयक पारित भएपछि कर्मचारीको व्यवस्थापन, सरुवा तथा समन्वयका लागि सहज हुने धारणा राखे। विधेयकमा स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्र सरुवा तथा कर्मचारीसँग सम्बन्धित अन्य कार्य गर्ने भएकाले छिटो टुङ्गोमा पुग्न सभालाई आग्रह गरे।

त्यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादवले राख्नुभएको मधेश प्रदेश सवारी तथा यातायात विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।

मन्त्री यादवले नियम कानुनको अभावमा जनताले धेरै सास्ती खेप्नु परेकाले साउनदेखि आठै जिल्लामा यातायात कार्यालय स्थापना गरी सवारीचालक अनुमतिपत्र दिइने व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले प्रदेशसभा सदस्यको राय सुझावसहित समितिमा पठाउने र त्यहाँबाट आवश्यक छलफल, सुधार गरी प्रदेशसभाले छिटो विधेयक पारित गर्ने विश्वास व्यक्त गरे।

सभामुख रामचन्द्र मण्डलले दुवै विधेयकमा भोलि दिउँसो ४ बजेसम्म संशोधन दर्ता गराउन सकिने जानकारी दिए।

प्रदेशसभाको अर्को बैठक असार ३१ गते दिउँसो एक बजे बस्नेछ।

प्रकाशित: २०८० असार २९ गते शुक्रबार ०९:५१
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना