काठमाडौं– पूर्व–पश्चिम राजमागको बाँके र दाङ सीमामा पर्ने शिवखोला पुलबाट ट्रक खसेको छ। भैरहवाबाट नेपालगञ्ज जाँदै गरेको लु१ख ८६०९ नम्बरको ट्रक आज बिहान ४ः३० बजे पुलबाट खोलामा खसेको बाँके प्रहरीले जनाएको छ।
ट्रक चालक सिटमा च्यापिएको अवस्थामा रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। बाँके र दाङको प्रहरी टोली दुर्घटनास्थल पुगेको छ। च्यापिएका चालकलाई निकाल्ने प्रयास भइरहेको छ जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायणा डाँगीको भनाइ छ।


