२०८३ कार्तिक १६ गते आईतबार

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड नाघ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
global ime bank

काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा पनि २४.५० प्रतिशतले बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २४.५० प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३५.९० प्रतिशतले वृद्धि भई ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ३७ करोड रुपैयाँ हाराहारी रहेको थियो।

बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र गैरब्याज आम्दानीमा भएको उल्लेख्य वृद्धिले महत्वपूर्ण भूमिका खेलेको छ।

समीक्षा अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) ५१.६९ प्रतिशतले घटेर ४८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो खर्च १ अर्ब १ करोड ९ लाख रुपैयाँ थियो। यसरी कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकममा आएको कमीले बैंकको नाफा वृद्धिमा सकारात्मक योगदान दिएको देखिन्छ।

बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ। अघिल्लो वर्ष ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १.४५ प्रतिशतले बढेर ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, गैरब्याज आम्दानीमा भने उल्लेख्य वृद्धि भएको छ। बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३४.५० प्रतिशतले बढेर १ अर्ब २२ करोड १२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९० करोड ७६ लाख रुपैयाँ थियो। त्यस्तै, खुद ट्रेडिङ आम्दानी ४४.७० प्रतिशतले बढेर ४१ करोड २१ लाख रुपैयाँ पुगेको छ।

बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.९८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.७९ प्रतिशतमा झरेको छ।

त्यस्तै, खुद निष्क्रिय कर्जा ०.९५ प्रतिशतबाट घटेर ०.६० प्रतिशत कायम भएको छ। निष्क्रिय कर्जाविरुद्धको कर्जा नोक्सानी व्यवस्थापन कभरेज पनि १०९.६३ प्रतिशतबाट बढेर १२०.१७ प्रतिशत पुगेको छ। यसले बैंकको कर्जा जोखिम व्यवस्थापन क्षमतामा सुधार आएको संकेत गर्छ।

त्यस्तै, आधार दर (बेस रेट) ५.४० प्रतिशतबाट घटेर ४.६१ प्रतिशत कायम भएको छ। बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) पनि ३.४८ प्रतिशतबाट घटेर ३.१७ प्रतिशतमा आएको छ।

बैंकको कर्जा–निक्षेप अनुपात ७०.११ प्रतिशत र तरलता अनुपात ३८.४१ प्रतिशत रहेको छ।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष १९ रुपैयाँ ५१ पैसा रहेको वार्षिकीकरण गरिएको ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ।

बैंकको पुँजीमा प्रतिफल (आरओई) ११.०१ प्रतिशतबाट बढेर १३.२९ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल (आरओए) १.०५ प्रतिशतबाट बढेर १.१२ प्रतिशत कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १०.०८ गुणा रहेको छ।

ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा र पुँजी पर्याप्तता अनुपात ११.३२ प्रतिशत रहेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड २० लाख रुपैयाँ पुगेको छ।

प्रकाशित: २०८३ कार्तिक १६ गते आईतबार ०३:४३
प्रतिक्रिया

थप समाचार

एनएमबी बैंकको नाफा २७ प्रतिशत बढ्यो, तीन महिनामा १ अर्ब १६ करोड

काठमाडौँः एनएमबी बैंकको खुदनाफा २७.११ प्रतिशत बढेको छ। बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ...

एनआईसी एशियाको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा पनि बढ्यो

काठमाडौँ: एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको...

कुमारी बैंकले तीन महिनामा गर्यो १ अर्ब ७ करोड नाफा

काठमाडौँः कुमारी बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा आर्जन गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल...

नबिल बैंकको नाफामा उछाल, तीन महिनामा २ अर्ब ५५ करोड

काठमाडौँः नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य नाफा बढाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ अर्ब ५५ करोड ५१ लाख...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना