काठमाडौँ- देशका विभिन्न भागबाट माइतीघरमा जम्मा भएका करिब ३०० भन्दा बढी लघुवित्त पीडितले प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले लघुवित्त संस्थालाई नवसामन्तीको संज्ञा दिँदै ऋण मिनाहा गर्न माग गरेका थिए।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म उनीहरूले मार्चपास गरेका थिए। यसअघि सहकारी पीडितहरूले पनि यस्तै माग गर्दै आन्दोलन गर्दै आएका थिए।
तस्बिरमा पीडितको आन्दोलन:














