काठमाडौँ- लघुवित्त वित्तीयसंस्थाबाट पीडितहरूले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। शनिबार दिउँसो माइतीघरमा जम्मा भएका उनीहरूले बालुवाटारसम्म मार्च पास गरी राष्ट्र बैंकको कार्यालय घेराउ गरेका हुन्।
बालुवाटारमा भाटभटेनी चोक अगाडि बाटोमा बसेर उनीहरूले प्रदर्शन गरेका थिए। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ।
मौद्रिक नीति पारित गराउनका लागि सञ्चालक समिति (बोर्ड)को बैठक आइतबार बिहान बस्नेछ। राष्ट्र बैंकका एक अधिकारीका अनुसार आइतबार बिहान सञ्चालक समितिबाट नीति पास गराएर दिउँसो सार्वजनिक गर्ने तयारी गरिएको हो।
तस्बिरहरू












