काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय हो।
माओवादी सचिव डिलाराम आचार्यका अनुसार साउन १७ गतेबाट बस्ने बैठकको लाइभ प्रसारण हुनेछ। ‘हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ। बैठकको सुरुदेखि लाइभ गर्ने निर्णय भएको छ,’ उनले भने।
माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन र फागुन–चैतमा विशेष महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।
यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो।


