काठमाडौँ- यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि उड्न ठिक्क परेको जहाजमा मुसा देखिएको हो।
सोमबार बिहान ११:५० मा उड्न लागेको जहाजमा मुसा देखिएको थियो। उक्त जहाजमा आउन लागेका यात्रु लिनका लागि अर्को जहाज पठाइसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
सोही जहाजबाट राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि काठमाडौं आउन लागेका थिए।
अहिले प्राविधिकहरूले जहाजलाई रोकेर मुसा खोजिरहेका छन्।


