काठमाडौँ- सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीले आन्दोलन गर्दै आएका छन्। चरणबद्ध आन्दोलन गर्दै आएका निर्माण व्यवसायीले सोमबार संसद भवन प्रवेश गर्ने स्थानमा हेल्मेट धर्ना दिएका हुन्।
सरकारविरुद्ध नाराजुलुस गर्दै उनीहरूले संसद भवन छिर्ने बाटो अगाडि बसेका थिए। मध्यसाउन बित्न लाग्दासमेत सरकारले आफूहरूको ठूलो रकम भुक्तान नगरिदिँदा आफूहरू मारमा परेको भन्दै उनीहरुले एभरेस्ट होटलअघि धर्ना दिएका हुन्।
यसअघि आजै नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा हेल्मेटसहित निर्माण व्यवसायीले एक घण्टा धर्ना कार्यक्रम गरेका थिए।











