काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ यति धेरै व्याकुलता र छटपटी छ। युवाहरुमा पलायनको एउटा होड छ कि कसले पहिला नेपाल छोड्ने भनेर। युवाहरुको निराश भईरहेको बेलामा राजनीतिक प्रवृति पनि उस्तै देखिएको छ,’ उनले भने।
महामन्त्री थापाले आफ्नो भविष्यको लागि छटपटाईरहेका युवाहरुलाई सकारात्मक बाटो देखाएर लानु पर्ने आवश्यकता रहेको बताए।


