२०८३ कार्तिक १७ गते सोमबार

ओलीको हस्तक्षेपपछि मुलुकको राजनीति अस्थिर बन्यो : घनश्याम भुषाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
ghanashyam_bhusal

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले मुलुक नयाँ बाटोमा जाँदै गर्दा केपी शर्मा ओलीको हस्तक्षेपले अस्थिर भएको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषाङ्क विमोचन कार्यक्रममा महासचिव भुषालले ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन सबै अस्थिर भएको बताए।

‘हामी नयाँ बाटो तर्फ जादैँ गर्दा, त्यो बाटोमा ओलीले हस्तक्षेप गरेपछि हाम्रो मुलुकको राष्ट्रिय राजनीति, वाम आन्दोलन सबै अस्थिर भएको छ। त्यसले गर्दा ५ वर्ष गुमाएका छौ त्यो मुलुक र युवाहरुले गुमाएको समय हो,’ उनले भने।

महासचिव भुषालले देशको मुख्य समस्या बेरोजगारी भएको र देशको मुख्य आवश्यकता रोजगारी भएको पनि बताए। ‘कुनै देशमा उत्पादन बढेको छैन् भने त्यहाँ युवाहरुमा रोजगारी छैन्, मुलुक बन्दै गर्दा पनि त्यहाँ युवाहरु हुन्छ, विग्रिदैँ गर्दा पनि युवाहरु हुन्छ। यस अर्थमा देशको मुख्य आवश्यकता र समस्या के हो भने बेरोजगारी समस्या रोजगारी यसको आवश्यकता हो। हामीले राजनीतिक खुट्टा टेकेर उठ्न सकेनौ भने यो मुलुकमा रोजागरीको व्यवस्था हुँदैन,’ उनको भनाइ छ।

अहिलेको राजनीतिलाई वामपन्थी कोणबाट समेट्दै लानु पर्ने बताउँदै महासचिव भुषालले ८ महिना भित्रमा नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषय आफ्नो ऐजण्डा सार्वजनिक गर्ने र राजनीति स्थापित गर्ने दृढता व्यक्त गरे। उनले अहिले एमाले ओलीसँग पलपलमा हारिरहेको जिकिर पनि गरे। एमाले बालकोटको गेटपाले मात्रै भएको चर्चा गर्दै उनले त्यो हुनु राम्रो नभएको बताए। ओलीको पकडबाट नछुटेसम्म एमालेले मुलुकको लागि एजेण्डा लिएर मुलुकको लागि केही गर्छ भन्ने नसोचे पनि हुने उनको दावी छ।

प्रकाशित: २०८० साउन २७ गते शनिवार ०३:३८
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना