काठमाडौं- साउन २ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हङकङबाट भित्रिएको सुनको परिमाण ६० किलो ७७९ ग्राम रहेको पाइएको छ। नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले लिएको सुनको परिणाम ६० किलो ७७९ ग्राम पुगेको हो।
यसअघि राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन बरामद गरिएको बताएको थियो। विभागले बरामद गरेको उक्त सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइएको थियो।
सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजश्व अनुसन्धान विभागका प्रतिनिधि सहभागी थिए। ब्रेक शु र सुन छुट्याएर सुनलाई गालेर सुन जोखिएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए।
यसअघि बरामद ब्रेक शुसहित सुनतको तौल १५५ किलो रहेको थियो।


