भक्तपुर- भक्तपुरस्थित बाल सुधारगृहबाट भागेकामध्ये ८७ कैदीबन्दी पक्राउ परेका छन्। दिउँसो २ बजेतिर सुधारगृहको ढोका तोडेर प्रहरीलाई घाइते बनाउँदै भागेकामध्ये ८७ जना काठमाडौंबाट पक्राउ परेका हुन्।
सुधारगृहबाट भागेका १२९ जना किशोरहरू अझै प्रहरीको सम्पर्कमा पुगेका छैनन्। बाँकी ८३ जना भने सुधारगृहमा नै छन्। भागेका बाँकी कैदीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। सुधारगृहमा २५६ जना पुरुष थिए भने ४३ जना महिलासहित २९९ जना थिए।
‘उनीहरुको खोजीका लागि तीन वटै जिल्लाका प्रहरी परिचालित भएका छन्,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। कैदीहरूको आक्रमणबाट एक जना प्रहरी निरीक्षकसहित १५ प्रहरी घाइते भएको रिजालले जानकारी दिए।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि आफन्तले सोमबार नाराबाजी गरेका थिए। नारबाजी पछि उनीहरूले पनि तोडफोडमा सहयोग गरेका थिए।


