काठमाडौं – बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकृतहरुलाई सरुवा गरिएको छ। सरुवा हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा मनोज केसी र जिल्ला प्रहरी परिसरका काठमाडौंका एसएसपी दानबहादुर कार्की छन्।
गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीलाई जिम्मेवारीबाट हटाएछि सो जिम्मेवारी अरु प्रहरी अधिकृतहरुलाई ल्याइएको छ। केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको गृह स्रोतले जानकारी दिएको छ।
सरुवा भएका एसएसपी कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालय लगिएको छ भने अर्का एसएसपी डा केसीलाई महिला बालवालिका निर्देशनालय पुर्याइएको छ।
शरणार्थी प्रकरण दोस्रो तहको अनुसन्धान जारी रहेकै बेला यसअघि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर हटाइसकिएको छ।


