काठमाडौँ- सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सुन प्रकरणको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति गरेको छ।
सरकारले असोज ६ गते आयोग गठन गर्ने र त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्ने सहमति सर्वदलीय बैठकले जुटाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा छलफलले आयोग गठन गर्ने सहमति जुटाएको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेलेले गत साउन १० गतेदेखि सदन अवरूद्ध गर्दै आएको छ। सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग एमालेले गरेको थियो।
प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्दैछ। आयोग गठनपछि संसद बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ।
यद्यपि साउन २ गते नेपाल भित्रिएको सुनको विषयमा भने सीआईबीले अभियोजन गर्ने सहमति बैठकले जुटाएको छ।



