इटहरी– धरानमा प्रदर्शन गर्ने तय भएपछि निषेध आदेश जारी भएका कारण धरान सुनसान बनेको छ भने धरान प्रवेशद्वार मानिने इटहरीका विभिन्न स्थानमा प्रदर्शन भएका छन्।
शुक्रबार राती १२ बजेपछि शनिबार राति १२ बजेसम्म निषेध आदेश जारी गरिएपछि उक्त प्रदर्शनका लागि विभिन्न स्थानबाट गएकाहरूले इटहरीमा नै प्रदर्शन गरेका हुन्।
शनिबार धरानमा गौहत्या भएको भन्दै हिन्दू धर्मावलम्बीहरूले प्रदर्शन गर्ने तयारी गरेका थिए। धरानका मेयर हर्क साम्पाङले सामाजिक सद्भाव कायम गर्न क्रियाशीलता नदेखाएको उनीहरूको आरोप छ।
विभिन्न जिल्लाबाट धरान जानका लागि हिँडेका प्रदर्शनकारीहरूलाई प्रशासनले धरान प्रवेशमार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गरी रोक लगाएको थियो।
गौहत्यामा रोक लगाउनुपर्ने, राष्ट्रिय जनावरको रक्षा गर्नुपर्ने, सामाजिक सद्भाव खलल गर्न नहुनेलगायतका माग राख्दै उनीहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले धरानका मेयर हर्क साम्पाङ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजीसमेत गरेका थिए।
हेरौँ इटहरी प्रदर्शनका तस्बिर

धरान प्रवेशबिन्दु (तरहरा)मा धरान जान लागेकाहरूलाई रोक्नका लागि परिचालित प्रहरी।

इटहरी प्रदर्शनका तस्बिरहरू

इटहरी प्रदर्शन