काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ।
भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको हो।
एमालेले धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बैठक गर्नेछ।
तत्कालीन मालेले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो।
सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो।


