काठमाडौं– सेल्स समिट– ०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड ( एनसीएचएल) का चिफ बिजनेस अफिसर विवेक गिरीले इन्डिभिजुअल सेल्स एक्सिलेन्स अवार्ड पाएका छन्। एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन गर्न अनुमति पाएको संस्था हो।
ग्रोथ लिडरशीप एकेडमीको आयोजनामा समिटको सातौं संस्करण विभिन्न कार्यक्रमसहित हालै मात्र काठमाडौंमा सम्पन्न भएको हो। सोही कार्यक्रममा गिरी सेल्स एक्सिलेन्स अवार्डबाट पुरस्कृत भएका हुन्।
वितेको दश वर्षभन्दा बढी समयदेखि आफ्नो व्यवसायिक कर्ममा लागिरहेका गिरीले अवार्डले आफूलाई आफ्नो व्यावसायीक कर्मप्रति थप उत्प्रेरित गरेको प्रतिक्रिया दिए। भने, ‘यसले व्यक्तिगत रुपमा मलाई मात्र होइन, म सम्बद्ध संस्थालाई खुशी तुल्याएको छ, उत्साहित गरेको छ।’



