काठमाडौं- एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ। मुल्तान स्टेडियममा टस हारेर पहिले बलिङ गरिरहेको नेपालका लागि रोहित पौडेले पनि विकेट लिएका हुन्।
नेपाली टिमको कप्तानी सम्हालिरहेका रोहितले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन्। रोहितले विकेट लिँदा ६.१ ओभर खेलेको पाकिस्तानले २५ रन बनाएको छ।
यसअघि करण केसीले पाकिस्तानको पहिलो विकेट लिएका थिए। करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका हुन्। करणको बलमा विकेट किपर आसिफ शेखले क्याच गरेका थिए।
नेपालको प्लेइङ सेटमा बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह छन्।


