२०८३ कार्तिक १९ गते बुधबार

अर्थतन्त्रको स्वरुप बदल्न जरुरी छ: पूर्व अर्थमन्त्री पाण्डे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
surendra

काठमाडौं– पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अहिलेको अर्थतन्त्रको ट्रेन्डलाई बदल्न जरुरी भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दुई छिमेकी राष्ट्रको बढ्दो ठूला अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरुप फेर्नु पर्ने बताएका हुन्।

उनले नेपालको अर्थतन्त्रको हालको ट्रेन्डलाई बदल्न अमेरीका लगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गरे। उनले दुई छिमेकीको बढ्दो ठूलो अर्थतन्त्रबाट नेपालले फाइदा लिन पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

नेपालको पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँगै अर्थतन्त्रलाई गति दिन भारत र चीनको एकएक करोड टुरिष्ट भित्र्याउने गरी कार्य गर्न आवश्यक रहेको उनको भनाइ थियो। ‘हामी धेरै परको टुरिष्टको कुरा गछौं, नजिकको कुरा हामी छोडिरहेका छौं। त्यसको लागि पूर्वाधार बनाउने उनीहरुले यहाँ खर्च गर्ने वातावरण बनाउनेतर्फ हामीले यहाँ कुरा गयौं भने अलिकति अर्थतन्त्रको स्पेस देखिरहेको छ,’ उनले भने, ‘क्यापासिटी नहुँदा र हाम्रा सबै मान्छे त्यो अवसर नदेखेर बाहिर जाँदा हामी त्यसलाई पनि ट्याव गर्न नसक्ने परिस्थितिमा छौं।’

उनले नेपालमा चाइनिज वस्तु पहिला चाइनाबाट नेपाल आउने र भारतीयले पनि काठमाडौंबाट भारत लैजाने गरेकोमा हाल भारतबाट चाइनिज वस्तु नेपाल भित्रन थालेको भन्दै वस्तु आयातको बदलिँदो पछिल्लो अवस्थाबारे चिन्ता प्रकट गरे। हाल विदेशी मुद्र संचितिदर राम्रै रहेपनि आर्थिक चुनौति यथावत नै रहेको उनको भनाई छ।

‘ऋणको चिन्ता छ हामीलाई नभएको होइन । विदेशी मुद्राकोपनि बेलामौका छ, तर यतिखेर विदेशी मुद्रा अहिलेको हिसाबले पुग्ने छ। किनभन्दा हाम्रा मान्छे बाहिर गइदिएका छन् उताबाट पठाएका छन्। त्यो हुनाले यतिखेर कुनै संकट छैन्। बाहिरको ऋण हाम्रो आउनै छोड्यो । हामी बजेटमा जति ऋण लिने भनेर घोषणा गर्छै, आर्थिक वर्षको अन्त्यमा २० देखि २५ प्रतिशत मात्रै विदेशी ऋण आउँछ,’ उनले भने, ‘बढीमा पनि १० देखि १५ प्रतिशत भन्दा बढी ग्रान्ट आउनै छोड्यो। घोषणा गरे अनुसारको ग्रान्ट आउँदै आउँदैन। त्यसकारणले यस्ता जो चुनौति छन्, यसले हामीलाई पनि एउटा चुनौति होला अरु कुराहरुमा चाँही तपाइँहरुको सहयोग हामीलाई चाहिन्छ।’

प्रकाशित: २०८० भदौ १४ गते बिहिबार ०१:५८
प्रतिक्रिया

थप समाचार

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना