२०८३ कार्तिक १२ गते बुधबार

सिटी एक्सप्रेस जापानले संचालनमा ल्यायो मोवाइल रेमिट्यान्स सेवा, घरबाटै वालेट मार्फत पैसा पठाउन सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
city

सिटी एक्सप्रेस जापानले मोवाईल रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोवाइल एप्लिकेसन’सिटी मोवाइल वालेट’ सेवा सुरु गरेको छ। उक्त एप्लिसकेसन गुगल एप्सबाट सजिलै डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गरी सेवा लिन सकिने कम्पनीले जनाएको छ। ‘सिटी मोवाइल वालेट’ नामक उक्त एप्लिकेसन मार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै समयमा संसारभरीबाट पैसा पठाउन मिल्ने व्यवस्था गरिएको छ। वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफु अनुकुल समय र जुनसुकै स्थानबाट एक क्लिकमा पठाउन सकिने विशेषता उक्त एप्लिकेसनमा रहेको कम्पनीले जनाएको छ।

नयाँ एप्लिकेसनसँग कम्पनीले प्रयोगकर्तालाई रिवार्ड पोइन्टको पनि व्यवस्था गरेको छ। मोवाइल एप्लिकेसन डाउनलोड गरेर रजिष्ट्र पुरा हुनसाथ नयाँ सदश्यले ५ समय पोइन्ट रिवार्ड पाउने व्यवस्था पनि गरिएको छ। साथै साथीहरुद्ये नयाँ सदश्य बन्नका लागि सिफारिस गरेकमा थप ५०० रिवार्ड थपिने कम्पनीले जानकारी दिएको छ। यस्तै हेरेक पटक पैसा पठाउँदा सेवा शुल्कको १०५ पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने छ।

आधानुनिक प्रविधिलाई आत्मासाथ गर्दै ग्राहकको सुविधालाई ध्यानमा राखेर यस कम्पनीले बिगतमा जापानकै जेपी बैंकको एटिएमबाट जुनसुकै समयमा पनि सजिलै पैसा पठाउन मिल्ने व्यवस्था गरेको थियो। आफ्नो सेवालाई थप परिमार्जित र परिस्कृत गर्दै सिटी एक्प्रेसले पछिल्लो पटक डिजिटल मोबाईल रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ।

विगतका प्रयोगकर्ताले एप्लिकेसन अपडेट गर्नसाथ उक्त सुविधा सुविधा पाउने छन्। यस सेवा मार्फत संसारभरीका २०० राष्ट्रहरुमा रकम पठाउँन सकिने व्यवस्था रहेको छ। घरमै वसेर सजिलै पैसा पठाउन मिल्ने सुविधा यस एप्लिकेसनमा थप गरिएको कम्पनीले जनाएको छ।
सिटी एक्सेप्रेसको मोवाइल रेमिट सेवा मार्फत ग्राहकलाई अझै सहजता थपिएको सिटी एक्सप्रेस जपानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठले बताएका छन्। २००७ भन्दा अगाडी जपानबाट नेपालमा पैसा पठाउने कुनै पनि बैधानिक माध्यम नभएको समयमा सिटी एक्सप्रेसले त्यसको नेतृत्व लिएकाले आफुहरु नेपालकै दोस्रो ठुलो रेमिट कम्पनी बन्न सफल भएको उनले बताए।

‘सन २००७ बाट जपानबाट नेपालमा पैसा पठाउनका लागि कुनै पनि वैधानिक माध्यम थिएन। जपानबाट गैरकानुनी ढंगबाट नेपालमा पैसा पठाउँदा त्यसको वैधानिकता र थुप्रै जोखिमहरु थिए। तर, हामीले कानुनी माध्यमबाट पैसा पठाउनका लागि पहल गर्यौं। आज नेपालकै दोस्रो ठुलो रेमिट कम्पनी बन्न सफल भएका छौं। गत वर्ष नेपालमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। नेपाल भित्रिएको उक्त रेमिट्यान्समा हाम्रो हिस्सा २३ प्रतिशत छ। अहिले हामी नेपालकै सबैभन्दा बढी रेमिट ल्याउने दोस्रो स्थानमा छौ। अबको केही समयमा हामी पहिलो हुन्छौं,’  उनले भने।

नेपालमा स्थापना भएको यस कम्पनीले जपान, कोरिया,मलेसिया तथा मध्यपुर्वि एसियाका देशहरु कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेविया लगायतका देशहरुबाट समेत आफ्नो सेवा दिइरहेको उनले बताए। यस्तै युरोपका देशहरु र संयुक्त राज्य अमेरिकासँग रेमिट्यान्स कारोबारका लागि लाइसेन्स लिने प्रकृया अगाडी बढेको श्रेष्ठले बताए।सिटी एक्स्प्रेस मनी ट्रान्सफरले जापानमा बिगत १३ बर्षदेखि आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २०८० भदौ १४ गते बिहिबार ०२:०३
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना