२०८३ कार्तिक ११ गते मङ्गलबार

मिटरमा जान मान्दै-मान्दैनन् पोखराका ट्याक्सी

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, भदौ १५
taxi (1)

पोखरा- पोखरा शान्तिचोकमा घर भएकी गोमा खत्री गत साता घरमै अचेत भएर लडिन्। यो खबर थाहा पाएपछि मेट्रो सिटी हस्पिटल लैजान उनका दिदीभाइ ट्याक्सीको खोजी गर्न निस्किए। दुई ट्याक्सी भेटिए। तर ती दुवै ट्याक्सी मिटरमा जान मानेनन्। पछि उनीहरूले अर्को ट्याक्सी फेला पारे। चालकले भनेअनुसार भाडा तिरे।

‘बिरामी भएको अवस्थामा मिटरमा चल्ने ट्याक्सी कुरेर बस्न नसकिने रहेछ। चालकले जति भन्छन् त्यतिमा गयौँ। हतार भएकोले उजुरी पनि गरिएन,’ ट्याक्सीमा अस्पताल पुर्‍याउन सहयोग गरेका एक व्यक्तिले भने।

हेमजाका स्थानीय कृष्णमान श्रेष्ठ परिवारसँग पोखरा सहर आउजाउ गर्दा ट्याक्सी प्रयोग गर्छन्। तर उनले मिटरमा जानका लागि आग्रह गरे पनि कुनै पनि चालक तयार हुँदैनन्। ‘ट्याक्सी मिटरमा हिँड्न नमानेको र बरु खाली छैन भन्ने जवाफ दिने गरेका छन्। बाध्यताले उनीहरुकै रेटमा हिँड्न बाध्य हुनुपरेको छ, ‘ उनी भन्छन्।

पोखरा-२६ को सुन्दरीबजारमा घर भएकी रेखा केसी भदौको पहिलो साता काठमाडौंबाट पोखरा विमानस्थलमा अवतरण गरिन्। काम विशेषले १० दिन बसेर फर्केकी उनी विमानस्थल आउजाउका लागि ट्याक्सीकी नियमित उपभोक्ता हुन्। भदौ १ गतेदेखि ट्याक्सी मिटरमा अनिवार्य हिँड्नुपर्छ भन्ने जानकारी उनलाई थियो।

पार्किङमा रहेको ट्याक्सीलाई सुन्दरीबजार लगिदिन आग्रह गरिन्। तर ट्याक्सी चालकले १५ सय रुपैयाँ दिए जाने नत्र नजाने अडान लिए। उनले ट्याक्सीहरु मिटरमा अनिवार्य चल्नुपर्छ भनेर आग्रह गरिन् तर चालक मानेनन्। उनले उजुरी गर्ने कुरा उठाइन्। चालकले उजुरी गरे हुन्छ भन्ने ठाडो जवाफ दिए। तर उनलाई सबै कुरा जान्दाजान्दै, थाहा हुँदाहुदै पनि हतार भएको कारण चालकले भनेकै भाडा दिएर घर पुगिन्।

ट्याक्सी जाने रुटको बारेमा रेखा केसी पूर्ण जानकार हुनाले केही समयको बार्गेनिङपछि ट्याक्सी चालकले ५०० रुपैयाँमा उनलाई सुन्दरीबजार पुर्‍याइदिएका थिए। घर पुगेपछि हतारका बेलामा घर पुर्‍याइदिएको भन्दै कारबाहीका लागि उजुरी नगरेको उनी बताउँछिन्।

यी त प्रतिनिधि पात्र मात्र हुन्। सबै कुरा जानकार भएपनि यात्रुहरु जानजान ठगीमा परिरहेका छन्। अत्यावश्यक परेपछि जति चालकले माग्छन्, उत्ति भाडा दिएर हिँड्न विवश छन्।

000

गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि प्रदेशभित्रका ट्याक्सीहरूले अनिवार्य मिटरमा जान पर्ने नियम कार्यान्वयनमा ल्याएको बताएको छ। तर पोखराका ट्याक्सीहरू भने मिटरमा जान मान्दैनन्, आफूखुशी भाडा असुली गर्दै आएका छन्।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले मिटरमा जान नमान्ने ट्याक्सीलाई १५ हजार रुपैयाँसम्म जरिमाना गर्ने बताउँदै आएको छ। तर ट्याक्सी चालकले सरकारको उक्त व्यवस्था कार्यान्वयनमा सहयोग गरेका छैनन् भने सरकारले पनि त्यसरी असहयोग गर्ने चालक/व्यवसायीलाई कारबाही गर्न सकेको छैन।

यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीका प्रमुख डिल्लीराम रिज्यालले भदौ १ गतेदेखि छिटफुट बाहेक अधिंकाश ट्याक्सीहरु मिटरमा चल्न थालेको जिकिर गर्छन्। उनका अनुसार भदौ १ गतेदेखि ११ गतेसम्म १५ वटा ट्याक्सीलाई कारबाही भएको छ। उनले सुरुआती चरणमा सचेत गराउने उद्देश्य रहेको हुनाले न्यूनतम २ हजार रुपैयाँ मात्र जरिमाना गरिएको जानकारी दिए।

यसबाट कति राजश्व संकलन भयो भनेर जिज्ञासा राख्दा लिखित सूचना माग विना सूचना दिन इन्कार गरे। रिज्यालले कार्यालयका सूचना अधिकारीले पनि लिखित सूचना माग नगरी कुनै पनि जानकारी/सूचना नदिने प्रतिक्रिया दिए।

यता ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी शिवप्रसाद पाठकले जाँच तथा अनुगमनकै क्रममा भदौ १ गतेदेखि ११ गतेसम्म ४३ वटा ट्याक्सी कारबाहीमा परेको बताए। उनले मिटरमा ट्याक्सी नचलाउनेलाई अवस्थाअनुसार न्यूनतम २ हजार १ सय र २ हजार ५ सय रुपैयाँसम्म जरिमाना गरिएको बताए।

वरिष्ठ प्रनानि पाठकका अनुसार ११ गतेसम्ममा १७ वटा ट्याक्सीले जरिमाना तिरिसकेका छन्। उनका अनुसार जरिमानाबाट ३८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

कारवाहीमा परेका ट्याक्सीको जरिमाना शुल्कको विषयमा कुरा गर्दा यातायात कार्यालयका प्रमुख रिज्यालले जरिमाना तिर्न आउँदा ‘नियमकानुन थाहा पाइनँ’, ‘भुलवश गल्ती गरेँ’ भन्ने सिदासादा चालकलाई कम जरिमाना र नियमकानुन थाहा भएर पनि अटेरी गरेको आफूहरुलाई लागेमा अधिकतम सीमासम्मको जरिमाना तिराउने बताए।

त्यसो भए जरिमानामा विभेद किन त? पत्रकारहरूको यो प्रश्नमा रिज्याल आक्रामक सुनिए।

‘ट्याक्सीले अनिवार्य रूपमा मिटरमा जानुपर्ने भन्ने जानकारी दिनका लागि राखिएको कार्यक्रममा समितिका प्रमुखहरु मात्र आए। त्यो सर्कुलर भयो कि भएन? सञ्चार गयो कि गएन? हामीलाई पनि जानकारी हुँदैन,’ रिज्यालको भनाइ छ, ‘हामीले पठाएको सूचना सबै ट्याक्सी चालकसम्म पुग्यो कि पुगेन। ट्याक्सी चालकले नपाएको पनि हुन सक्छ। अनि ‘तैँले किन थाहा पाइनस्’ भनेर हुन्छ त? यो त गर्न भएन होला नि!’

यति मात्र होइन, उनले थप प्रश्न पनि गर्न दिएनन्। ‘मेरो कुरा नसुन्ने भए यहाँ (कार्यकक्ष) बाट निस्किहाल्नुस्,’ उनको शैली धम्कीपूर्ण थियो। यस्तो खालको उनको तर्कबाट ट्याक्सी चढ्ने यात्रु मात्र होइन, सूचना थाहा नपाउने ट्याक्सी व्यवसायीसमेत मारमा परेका छन्।

रिज्यालले आागामी दिनमा यो जरिमाना दर १० हजार रुपैयाँसम्म गर्न सकिने बताएका छन्। ‘अनियमित रुपमा उल्लंघन गर्ने काम बढ्दै गयो भने मिटर जडान नगर्ने ट्याक्सीलाई यातायात व्यवस्था विभागको ऐनले थेग्न नसके स्टान्डर्ड नापतौल ऐन २०२५ अनुसार २५ हजार रुपैयाँसम्म जरिमाना गर्न सकिने व्यवस्था छ,’ उनले उल्लेख गरे।

कार्यालय प्रमुख रिज्यालले मिटरमा ट्याक्सी चले नचलेको अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको र अनुगमन समितिले ठाउँठाउँमा अनुगमन गरिरहने बताउँदै आएका छन्।

‘मिटरमा ट्याक्सी अनिवार्य रुपमा चल्नुपर्छ भन्ने जानकारी सबैले लिन तथा मिटर जडित ट्याक्सीमा मिटरले बिलिङ सहितको भाडा जति आउँछ त्यो मात्र तिरेर हिँड्नु सबै यात्रुहरुमा अनुरोध छ,’ उनी थप्छन्, ‘मिटरमा हिँड्न नमाने वा उठेको भाडा भन्दा बढी लिन खोजेमा यातायात व्यवस्था कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा १०३ मा फोन गरेर उजुर गर्न सकिने व्यवस्था मिलाइएको छ।’

कार्यान्वन चुनौतीपूर्ण
पोखरा मात्र होइन, स्याङजा-पोखरा चल्ने ट्याक्सीहरु पनि मिटरमा हिँड्न मान्दैनन्। प्रदेशभित्र या कास्की जिल्लामा पनि ट्याक्सी मिटरमा चलेका छन् भनेर जति जिकिर गरिएपनि सवारी चालकसमेत मिटरमा जान मान्दै मान्दैनन्। नियम बने पनि आफ्नो दैनिक गुजारा चलाउन र गाडीको किस्ता धान्न गाह्रो भइरहेको बेला मिटरमा गाडी गुडाउने हो भने भोलिबाट घरमा गाडी थन्काएर खाडी मुलुक पसे हुने पोखराका ट्याक्सी चालकको जिकिर छ।

नियमनकारी निकायका अधिकारीहरु निरन्तर अनुगमन भइरहेको दावी गर्छन् तर यात्रु भने चालकले भनेको रकमलाई नै मिटर मान्न विवश छन्। ट्याक्सी चालक पनि मान्छे हेरेर भाडादर बताउँछन्।

यसअघि पनि भाडादर समायोजनपछि छिटफुट ट्याक्सीहरु मिटरमा नचलेका भने होइनन्। तर यो केही दिन पनि टिकेको थिएन।

ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडासमेत तोकेको छ। समायोजन गरेको पछिल्लो भाडाअनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती (फ्ल्याग डाउन) ८० रुपैयाँ र त्यसपछि प्रतिदुई सय मिटर बराबर १० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसाका दरले भाडा लिनुपर्नेछ।

प्रदेश सरकारले २०७८ फागुन १ गतेदेखि लागु हुने गरी भाडा समायोजन गरेपछि ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका थिए। नयाँ भाडादर लागु गर्ने सम्बन्धमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच ६ माघमा १० बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको थियो तर प्रतिवद्धतापत्र अनुसार कार्यान्वयन हुन सकेको थिएन्। मिटरमा ट्याक्सी नचल्दा यात्रु ठगिएको र धेरै भाडा तिर्नुपरेको व्यापक जनगुनासो थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रनानि शिवप्रसाद पाठकले दिएको जानकारी अनुसार प्रदेशमा हालसम्म ३ हजारको हाराहारीमा ट्याक्सीहरु चल्छन् भने कास्की जिल्लामा २ हजार ५ सयको हाराहारीमा ट्याक्सीहरु सञ्चालनमा छन्।

प्रकाशित: २०८० भदौ १५ गते शुक्रबार ०२:५७
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना