ललितपुर- नाबालिगमाथिक बलात्कार गरेको आरोपमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ का ३६ वर्षीय सुजन नगरकोटी छन्। उनी शनिबार दिउँसो पक्राउ परेका हुन्।
नगरकोटीमाथि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। नगरकोटीले १६ वर्षीया नाबालिगलाई बिहीबार दिउँसो सोही नगरपालिका-२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।
प्रहरी प्रभाग लाकुरी भञ्याङले नगरकोटीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिइएको छ।


