काठमाडौँ- एसिया कप २०२३ मा आज हुन गइरहेको नेपाल-भारतबीचको खेलमा पहिले नेपालले ब्याटिङ गर्ने भएको छ। भारतले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।
नेपालले पहिलोपटक भारतसँग खेल्न लागेको हो। नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न थालेको २७ वर्षपछि छिमेकी देशको टिमसँग खेल्न लागेको हो।
श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ।
यसअघि पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक-एक अंक बाँडेका थिए।


