२०८३ कार्तिक ११ गते मङ्गलबार

महासंघ चुनावमा बदलिँदो समीकरण, कसलाई कसको समर्थन?

 |  किशोर दाहाल
Sanket

किशोर दाहाल

काठमाडौँ, चैत १६
fnccci
महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रहेका रामचन्द्र संघई (बीच) चुनावी रेसबाट बाहिरिएका छन्। अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ (बायाँ) र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपाध्यक्ष बन्न कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था विधानमा छ।

काठमाडौँ- निजी क्षेत्रका उद्योगी/व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्न चैत २९ गते मतदानको कार्यक्रम हुँदैछ। २०७३ कात्तिक ४ गते सम्पन्न भएको विशेष साधारण सभाले महासंघको विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था गरेको छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघ विधानको धारा ३४ को उपधारा १ (क) र धारा ३४ को उपधारा (३) अनुसार आगामी कार्यकालका लागि अध्यक्ष बन्दैछन्।

वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था विधानले गरेपछि महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष पदमा हुने प्रतिस्पर्धा सर्वाधिक चासोको विषय बन्न थालेको छ। यसपालिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि हालसम्म तीन जना प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले प्यानल घोषणा गरिसकेका छन् भने अर्का प्रत्यासी रामचन्द्र संघाईले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन्।

चैत ५ गते महासंघ निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार चैत २१ गते साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने अवधि तोकिएको छ।

महासंघ विधानमा तीन जना उपाध्यक्ष हुने व्यवस्था छ। अञ्जनको टिमबाट वस्तुगततर्फ मनिषलाल प्रधान, एसोसियटतर्फ ज्योत्स्ना श्रेष्ठ र जिल्ला/नगरतर्फको अरुणराज सुमार्गी उपाध्यक्षका प्रत्यासी छन्।

अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको प्यानलमा वस्तुगततर्फबाट हेमराज ढकाल, एसोसियटस उपाध्यक्षतर्फ भरत आचार्य र जिल्ला/नगरबाट दिनेश श्रेष्ठले उम्मेदावरी घोषणा गरेका छन्।

वरिष्ठ उपाध्यक्षका लागि उम्मेदावारी घोषणाको तयारीमा रहेका रामचन्द्र संघईले पनि आफ्नो टीम तयार पारेको बताइएको छ। वरिष्ठ उपाध्यक्षका प्रत्यासी संघाईको टिममा वस्तुगततर्फ उपाध्यक्षमा सकुन्तलाल हिराचन, एसोसियटतर्फत सन्दीप अग्रवाल र जिल्ला/नगरबाट सुरकृष्ण वैद्यले उम्मेदवारी दिने तयारी छ। वैद्यको राजनीतिक आबद्धताका विषय लिएर विवाद भएपनि महासंघको विधानले उनलाई उम्मेदावार बन्नबाट रोकेको छैन।

महासंघको चुनावमा व्यवसायिकता मात्र जोडिँदैन। राजनीतिक र साम्प्रदायिक पक्षले पनि चुनावी परिणाम हेरफेर गर्न सघाउ पुर्‍याउँछ। महासंघमा मुख्यतः मारवाडी समुदाय र नेवार समुदायबीच प्रतिस्पर्धा एकले अर्कालाई नरुचाउने प्रवृत्ति छ।

यस पटकको महासंघ निर्वाचनमा नेवार समुदायका उम्मेदावारको वर्चस्व देखिन्छ। अञ्जनको टिमबाट वरिष्ठ उपाध्यक्ष र २ उपाध्यक्ष गरी ३ जनाले नेवार समुदायको प्रतिनिधित्व गर्छन्। एक जना भने खस/आर्य समुदायका छन्।

यसैगरी उमेशलालको प्यानलमा वरिष्ठ उपाध्यक्ष र एक उपाध्यक्ष नेवार समुदायबाट उम्मेदवार बन्ने तयारीमा छन् भने दुई उपाध्यक्षका प्रत्यासी खस/आर्य समुदायको प्रतिनिधित्व गर्छन्।

वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले प्यानल घोषणा गरिसकेका छन् भने अर्का प्रत्यासी रामचन्द्र संघईले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन्।

मारवाडी समुदायको प्रतिनिधित्व गर्ने संघईको तयारी अनुसार उनको प्यानलमा खस/आर्य समुदायबाट उपाध्यक्षका एक र मारवाडी समुदायका दुई र नेवार समुदायका दुई जना छन्।

उम्मेदवारी मनोनयन गर्ने/फिर्ता लिने दिन (चैत २७ गते दिउँसो २ बजे)सम्म हाल बनेकै टिम यथावत् रहेमा समग्रमा उपाध्यक्षका लागि उम्म नेवार समुदायबाट ५, खस आर्यबाट ३ र १ जना मारवाडी समुदायका अगुवाहरूबीच प्रतिस्पर्धा हुनेछ।

महासंघमा मरावाडी समुदायको उपस्थिति कमजोर देखिनुको पछाडी उनीहरुको खस्किँदो आर्थिक अवस्था र आपसी अविश्वास मुख्य कारण रहेको बताइन्छ। संघईले उम्मेदवार नदिए वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा मारवाडी समुदायको प्रतिनिधित्व हुने छैन। जसको प्रभावले आगामी १२ वर्षसम्म कुनै पनि मारवाडी समुदायका व्यवसायीहरु महासंघको नेतृत्वमा नपुग्ने आकलन गरिएको छ।

महासंघमा रहेका मारवाडी व्यवसायी रक्षात्मक अवस्थामा पुगेकाले पनि पछिल्लो अवस्था आएको व्यवसायी बताउँछन्। खस्किदो आर्थिक अवस्थालाई उकास्न आफ्नो समुदायभन्दा बाहिरका नेतृत्व आएपनि सहयोग गर्ने मनस्थितिमा मारवाडी छन्।

महासंघभित्र वर्तमान अध्यक्ष शेखर गोल्छाबाहेक मारवाडी समुदायका व्यवसायीहरुको आर्थिक अवस्था खास राम्रो छैन। पूर्वअध्यक्ष पशुपति मुरासका व्यवसायिक रूपमा कम्जोर हुँदै गएको बताइन्छ। अर्घाखाँची सिमेन्टमा समेत उनको सेयर १० प्रतिशतभन्दा बढी छैन। यसैगरी एमजीका विद्युतीय सवारी साधन पनि सरकारले बढाएको कर तथा महँगा गाडीको आयात निरुत्साहित गर्ने नीतिका कारण उनी आर्थिक रुपमा कम्जोर हुँदै गएको विश्लेषण महासंघका नेताहरूले गर्न थालेका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि विशाल ग्रुपको व्यावसायिक गतिविधि संकुचित हुँदै गएको छ। अर्कोतर्फ शंकर ग्रुप पनि अत्यधिक कर्जाका कारण थलिएको अवस्था छ। विशाल ग्रुप र शंकर ग्रुपबीच बढ्दो द्वन्द्वका कारण उनीहरुको आर्थिक गतिविधि संकुचित हुँदै गएको छ। राष्ट्र बैंकले कर्जामा गरेको कडाइले थप उनीहरु धराशायी बन्दै गएको बताइन्छ। राष्ट्र बैंकको चालु कर्जा पुँजी नीतिले गर्दा व्यवसायी थलिएको र यसको बढी असर मारवाडी समुदायमा देखिएका कारण महासंघ निर्वाचनमा समेत देखिएको हो।

बदलिँदो चुनावी समीकरण
वरिष्ठ उपाध्यक्षका आकांक्षी अञ्जन विगत २० वर्षदेखि महासंघको राजनीतिमा र ३० वर्षदेखि व्यापार व्यवसायमा छन्। उद्योग समिति, वाणिज्य समिति र रोजगार परिषदको सदस्य भएर उनले करिब ५ वर्ष काम गरेका थिए।

अञ्जन श्रेष्ठ।

सुजल फुड्समार्फत व्यवसायिक करिअर सुरु गरेका अञ्जन डेरी उद्योग, प्याकेजिङ उद्योग, हुन्डाई, समृद्धि स्टिल उद्योग, लक्ष्मी ग्रुपलगायतका क्षेत्रबाट आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाइरहेका छन्। अघिल्लो पटक अञ्जन किशोर प्रधानको टिमबाट उपाध्यक्ष बनेका थिए।

प्रधानको टिमलाई पूर्वअध्यक्ष पशुपति मुरारका र वर्तमान अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका थिए। त्यसबेलाका वरिष्ठ उपाध्यक्ष गोल्छा स्वत: अध्यक्ष बन्ने भएपनि महासंघको छवि सुधार्ने भन्दै प्रधानको टिमलाई समर्थन गरेका थिए। जसले गर्दा उनको सार्वजनिक रुपमा नै आलोचना भएको थियो।

यसपटक महासंघ निर्वाचनमा गोल्छा र मुरारकाले अञ्जनलाई नै समर्थन गर्ने निश्चितप्रायः छ। महासंघको निर्वाचनमा मतभार बढी भएका कारण जिल्ला/नगरको भोट निकै महत्त्वपूर्ण मानिन्छ। वरिष्ठ उपाध्यक्ष निर्वाचनमा जिल्ला/नगरको मतभार ५० प्रतिशत हुने भएकाले अञ्जनले आफ्नो सक्रियता बढाएका छन्।

वरिष्ठ उपाध्यक्षका प्रत्यासीका रुपमा हेरिएका दिनेश श्रेष्ठ वरिष्ठ उपाध्यक्षको दाबी छोडेर उमेशलाल श्रेष्ठको टिमबाट उपाध्यक्ष दोहोरिने भएपछि जिल्ला/नगरमा तुलनात्मक रुपमा अञ्जन कम्जोर हुने आकलन गरिएको छ। यद्यपि पूर्वअध्यक्षहरु आजाद श्रेष्ठ र आनन्दराज मुल्मीको समर्थनले अञ्जन उत्साहित छन्।

वरिष्ठ उपाध्यक्षका प्रत्यासीका रुपमा हेरिएका दिनेश श्रेष्ठ वरिष्ठ उपाध्यक्षको दाबी छोडेर उमेशलाल श्रेष्ठको टिमबाट उपाध्यक्ष दोहोरिने भएपछि जिल्ला/नगरमा तुलनात्मक रुपमा अञ्जन कम्जोर हुने आकलन गरिएको छ। यद्यपि पूर्वअध्यक्षहरु आजाद श्रेष्ठ र आनन्दराज मुल्मीको समर्थनले अञ्जन उत्साहित छन्। निवर्तमान अध्यक्ष भवानी राणा पनि खुलेरै अञ्जनको पक्षमा लागेकी छन्।

अघिल्लो महाधिवेशनमा पराजित भएपनि उमेशलाल श्रेष्ठले महासंघको राजनीतिमा सक्रियता काम गरेनन्। जिल्ला/नगरमा आधार तयार पार्न लागिरहे। पूर्वअध्यक्ष चण्डीप्रसाद ढकाललाई साथमा लिएर उनी निरन्तर रूपमा जिल्लाका उद्योगी व्यवसायीलाई भेटघाट गरिरहेका छन्।

उमेशलाल श्रेष्ठ।

चण्डीप्रसाद ढकालको जिल्लाका उद्योगी व्यवसायीसँग निकै राम्रो सम्बन्ध छ। उक्त सम्बन्धको उपयोग गर्नका लागि पनि ढकालका भाई हेमराज ढकाललाई श्रेष्ठले आफ्नो टिममा उपाध्यक्षको उम्मेदवार बनाएका छन्। यसैगरी हालका जिल्ला/नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठको उपस्थितिले पनि उमेश उत्साहित भएको बताइन्छ।

बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभाव र ब्याजदरका विषयमा आफ्नो आवाज मुखरित गरेका दिनेश जिल्ला/नगरमा निकै प्रभावशाली मानिन्छन्। साना तथा मझौला उद्योगी व्यवसायीको साथ दिनेशलाई बढी रहेकाले थप उत्साहित छन्। वरिष्ठ उपाध्यक्षमा दुई जना मात्रै उम्मेदवार खडा गर्ने र सहमतिको वातावरण निर्माण गर्ने भन्दै अगाडी बढेका भरत आचार्यले अन्ततः उमेशलालकै टिमबाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।

कोशी, बागमती, लुम्बिनी र कर्णालीमा उमेशलालको बल बढी भएको आकलन छ। अञ्जनलाई गण्डकी र सुदरपश्चिमबाट बढी मत आउने अनुमान छ।

हेक्सल फर्मास्युटिकल्सका सञ्चालक उमेशलाल कम्युनिस्ट संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठ तथा साहना प्रधानका छोरा हुन्। सरल स्वाभावका उमेशलाल क्षमतावान व्यवसायीको रुपमा महासंघभित्रै पनि चित्रित हुने गरेका छन्। राजनीतिकरुपमा कुनै पार्टीसँग आबद्धता नरहेको बताउने श्रेष्ठको सबै राजनीतिक दलका नेतासँग सम्बन्ध छ।

पछिल्लो समय कमजोर हुँदै गएको महासंघको छवि सुधार्न र उद्योगी व्यवसायीको पक्षमा शसक्त रुपमा आवाज उठाउन सक्ने पात्रको रुपमा उनलाई अगाडि बढाउनुपर्ने पक्षमा केही व्यवसायी छन्।

हालसम्म जिल्लागत रुपमा पनि उमेशलाल अञ्जनभन्दा सबल देखिन्छन्। कोशी, बागमती, लुम्बिनी र कर्णालीमा उमेशलालको बल बढी भएको आकलन छ। अञ्जनलाई गण्डकी र सुदरपश्चिमबाट बढी मत आउने अनुमान छ। मधेश हालसम्म कसैको पक्षमा खुलेको छैन। कोशी प्रदेशमा २९, मधेशमा १५, बागमतीमा १९, गण्डकीमा १६, लुम्बिनीमा २१, कर्णालीमा १० र सुदूरपश्चिमका ११ जिल्ला संघ छन्।

मारवाडी समुदायको साथका कारण माहोल आफ्नो पक्षमा पार्ने रामचन्द्र संघईको रणनीति छ। उम्मेदावारी घोषणा नगरेपनि आफ्नो प्यानलको नाम भने टुङ्गो लगाइसकेका छन् उनले। उनले उम्मेदवारी घोषणा गर्नुअघि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको साथ खोजेका छन्। ढकाल र संघईको व्यवसायिक पृष्ठभूमि मिल्ने भएकाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षले साथ दिन सक्ने आकलन भएपनि ढकाल खुलिनसकेकाले संघईको उम्मेदवारी घोषणा नै धकेलिएको बताइन्छ।

रामचन्द्र संघई। तस्बिर : रासस

उमेशलालको टिमले भने ढकालको साथ आफूहरुलाई हुने दावी प्रस्तुत गर्दै आएको छ। अघिल्लो पटकको महासंघ निर्वाचनमा ढकालकै टिमबाट उमेशलाल चुनाव लडेका थिए। तर, उमेशलालको बढी आत्मविश्वास र चन्द्र ढकालले नै साथ नदिँदा चुनाव हारेको बताइन्छ।

पछिल्लो समय जिल्लानगरतर्फ चन्द्र ढकालको साख घट्दै गएको बताइन्छ। उनले जथाभावी बोल्ने गरेको भन्दै उद्योगी व्यवसायी रुष्ट छन्। एक कार्याक्रममा त व्यवसायीहरुले ढकालको भाषणप्रति असहमति राख्दै झन्डै प्रतिकारमा नै उत्रिएका थिए। उनले उद्योगी व्यवसायीको भन्दा पनि बैंक तथा वित्तीय संस्थाको पक्षमा बढी वकालत गरेको भन्दै उनीहरु रुष्ट बनेका हुन्।

बढ्दो ब्याजदर घटाउन र तरलता अभाव कम गर्न महासंघका तर्फबाट उनले कुनै पनि पहल नै नगरेको साना तथा मझौला उद्योगी/व्यापारीको आरोप छ। राष्ट्र बैंकले व्यावसायिक गतिविधिमा यति ठूलो असर पर्ने गरी नीतिगत निर्णय गर्दा समेत ढकालले मौनता साँधेको अधिकांश व्यवसायीको बुझाइ छ। त्यसैले आगामी निर्वाचनमा ढकालले कसैको पक्षमा खुल्दैमा धेरै ठूलो प्रभाव नपर्ने अनुमान गर्ने व्यवसायीको पनि कमी छैन।

यद्यपि अर्थ व्यवस्थापनका हिसाबमा संघई अन्य उम्मेदावरको तुलनामा बलियो मानिन्छन्। अघिल्लो निर्वाचनमा संघई चन्द्र ढकालको प्यानलबाट एसोसियटतर्फको उपाध्यक्ष जितेका थिए। धेरैको अनुमान विपरीत उनले अघिल्लो निर्वाचनमा नजिता आफ्नो पोल्टामा पारेका थिए। यस पटक पनि रणनीतिक रुपमा अगाडि बढ्ने सोचमा उनी रहेको उनी निकट व्यवसायीहरु बताउँछन्।

संघईलाई वरिष्ठ उपाध्यक्षमा ल्याउँदा कार्यकारणी समितिमा चन्द्र ढकाललाई सहज हुने बताइन्छ। दुबै व्यवसायी बैंकर पनि भएकाले बैंक विरोधी गतिविधिलाई निस्तेज गर्न वरिष्ठ उपाध्क्ष उपयुक्त पात्र हुनसक्ने ढकालको ठहर रहेको एक व्यवसायी बताउँछन्। ‘अघिल्लो निर्वाचनमा पनि संघाई ढकालकै टीमबाट उपाध्यक्ष बन्नुभएको हो। यस पटक पनि संघाईलाई उहाँको समर्थन हुनु स्वाभाविक हो। तर, संघाईले अहिलेसम्म उम्मेदवार घोषणा नगर्नुले दुविधा भने सिजना गरेको छ,’ ती व्यवसायीले भने।

संघईले उम्मेदावारी नदिँदा उमेशलाललाई फाइदा पुग्ने बताइन्छ। जिल्लानगरमा राम्रो पकड भएको र एसोसियट्सतर्फको प्रोक्सीमा मत उमेशलाल टीमको राम्रो पडक रहेको बताइन्छ। ठूलो संख्यामा प्रोक्सी मत व्यवसायी शाहिल अग्रवालसँग भएकाले उनको समर्थनले समेत आगामी नेतृत्व चयनमा महत्वपूर्ण भुमिका खेल्ने बताइन्छ।

एसोसियट्सतर्फको उपाध्यक्ष बनाउनका लागि शाहिलको समर्थन सधैं महत्त्वपुर्ण रहने गर्दछ। अघिल्लो निर्वाचनमा सांघईले शाहिलको समर्थन पाएका थिए। अन्तिम समयमा आएर संघाईले आफ्नो समर्थन उमेशलाल श्रेष्ठलाई दिने संभावना पनि उत्तिकै रहेको चर्चा समेत हुने गरेको छ। अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्था विरुद्धमा आवज उठाइरहेकाले उनलाई बैंकहरुको भोट आउने संभावना निकै कम छ। उक्त समर्थन संघाईलाई जाने देखिन्छ।

संघाइले उम्मेदवारी घोषणा गरेको खण्डमा दोस्रो चरणको निर्वाचनबाट मात्रै मत परिणाम आउने अड्कलबाजी भइरहेको छ। संघाइले उम्मेदवार नरहेको खण्डमा उनले दिने समर्थनका आधारमा महासंघको भावी नेतृत्वको भाग्य र भविष्य निर्धारण हुने देखिन्छ।

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बन्नका लागि ५० प्रतिशत +१ मत प्राप्त गर्नुपर्ने हुन्छ। जसमा जिल्ला/नगरको मत सबैभन्दा बढी निर्णायक तथा बढी मतभार हुने व्यवस्था छ। जिल्ला/नगरको ५० प्रतिशत, एसोसियट्सको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार हुने गर्दछ। जिल्ला/नगरतर्फ ११८ वटा उद्योग वाणिज्य संघ छन्। यसैगरी वस्तुगततर्फ १२३ र एसोसियट्सतर्फ १७६२ विभिन्न संघ संस्थाहरु रहेका छन्।

प्रकाशित: २०७९ चैत १६ गते बिहिबार ०८:२४
Sanket

किशोर दाहाल

दाहाल अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना