२०८३ कार्तिक १२ गते बुधबार

एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
1166 photo

काठमाडौ– आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकहरुले निःशुल्क फोन गरि मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य शुरु गरेको छ ।

हालै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनको लागि सिम सहितको ह्याण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।

आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्दछ । राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।’

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरुलाई बचाउने उद्देश्यले सरकारले यो हेल्पलाइन सुरु गरेको हो । ‘आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरुका बारेमा फोन आउने क्रम बढिरहेको हाम्रो तथ्याङ्कले देखाउँछ । यस्तो अवस्थामा एनसेलको यो सहकार्यले ठूलो महत्व राख्छ र अमुल्य जीवनहरु बचाउन योगदान पुर्याउने छ, मानसिक अस्पतालका निर्देशक डा. अनन्त प्रसाद अधिकारीले भने ।

जहिले मनमा गाह्रो महशुस हुने, तनाव हुने, आफैलाई हानि पु¥याउन वा दुख दिन मन लाग्ने जस्ता लक्षणहरु देखिएमा तत्काल यस हटलाइनमा फोन गरि तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श गरि त्यस्ता सोचहरुबाट बाहिर आउन मद्दत लिन सकिने मानसिक अस्तपालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल, लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ११:१०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना