२०८३ कार्तिक १२ गते बुधबार

टिभिएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
Picture (3)

काठमाडौं– टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ।

कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै शहरी दैनिकीमा एउटा गेम चेन्जरको रुपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ। आकर्शक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकहरुको लागि आकर्षक मुल्यमा नवीनतम् विकल्पहरु प्रदान गर्ने उद्धेश्यले हामीले टिभिएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ।’

३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टिभिएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्दछ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ।

टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ। ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्। ४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टिभीएस आईक्युबले साघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ।

टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ। ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्। ४.४० को पिक पावर र १४० को पिक टर्क रहेको यस टिभिएस आइक्युबले साँघुरो सडक र व्यस्त ट्राफिकमा पनि सजिलोसँग एक्सिलरेट गर्न सकिन्छ।

आईक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ। चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु पनि यस स्कुटरले प्रदान गरेको छ। स्कुटरको ७ इन्चको मल्टीफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पु¥याउनेछ।

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टिभिएस आईक्युबको यात्रा सहज हुनुको साथै उर्जा पनि कम खपत हुन्छ। त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ। यस टिभिएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ। त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ।

यो नयाँँ टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो शोभरि टिभिएसको स्टलमा प्रदर्शन गरिनेछ। सहभागीहरूले स्टलमा आएर यसका सुविधाहरू एक्सप्लोर गर्ने र टेस्ट ड्राईभ गर्ने अवसर समेत पाउनेछन्। टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर वातावरणप्रति सचेत आधुनिक शहरी यात्रुहरुको लागि व्यवहारिक छनोट भएको कम्पनीले जनाएको छ।

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ११:१४
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना