२०८३ कार्तिक १२ गते बुधबार

पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा उपलब्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
0L1A4330

काठमाडौं– एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् ।

लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने, ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन्।’

एमजि कमेट इभि भारतमा बनेको आकर्षक मुल्यको विद्युतीय गाडी हो जसले सिङ्गलचार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ Kwh को ब्याट्रि र ३१.२६ Kw को मोटर रहेको छ । एमजिकमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि IP67 रेटेड ब्याट्रि, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टीपार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधार सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन ।

एमजि कमेट इभिको शुरुवाती मुल्य १७.९९ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्धछ । त्यस्तै एमजिले कमेटइभिको हाइभोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइभोल्टेज ब्याट्रिमा १,२०,०००किलोमिटरसम्म ८वर्षको वारेन्टि दिएको छ ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्रि क्षमता ५१ Kwh र ९९Kw को मोटर रहेको छ । त्यस्तै एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ Kwh र १५०Kw को मोटर रहेको छ।

एमजि ४ इभिको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मुल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो ।

एमजि ४ इभिले सिङल चार्जमा ४३५किलोमिटर सम्मको रेन्ज दिन सक्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजि ४ इभिमा रियर व्हिल लेआउट राखिएको छ। त्यस्तै यात्रुहरुको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ्ग सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरु रहेका छन भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरु रहेका छन् ।

त्यस्तै एमजि ४ इभिको लागि हाइभोल्टेज ब्याट्रिमा १,५०,००० किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ।

त्यस्तै, एमजि ४ कम्फर्ट इभिको शुरुवाती मुल्य ४१.४९ लाख रहेको छभने एमजि लक्जरी इभिको शुरुवाती मुल्य ५८.९९ रहेको छ । एमजिका यी दुवै इभिमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरु रहेका छन् ।यी दुवैमा एमजिले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टि प्रदान गरेको छ ।

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्यसम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पुर्याउने लक्ष्य राखेको छ। आफ्ना सेवाग्राहीहरुको सहजयात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट,चितवन,कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ ।

यी स्थानहरुमाआधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजिको नयाँँ सर्भिस सेन्टर कुसुन्तीतथा इटहरी,बिर्तामोड,बर्दिबास,वीरगन्ज,पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी,गाईघाट र दाङको लमहीमापनि चाँडै डिसि चार्जिङ स्टेसनहरु स्थापनागरिने जानकारी दिएको छ ।त्यस्तै काठमाडौं, विर्तामोड,विराटनगर,चितवन,बर्दिबास,सिन्धुली,पोखरा,कुरिनटार,मुलकोट, बुटवल,वीरगन्ज, इटहरी,जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेकाे कम्पनीले जनाएकाे छ ।

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ०६:१६
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना