काठमाडौं– जर्मनीको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक हन्सी फ्लिक बर्खास्तीमा परेका छन्। आइतबार भएको जापान विरुद्धको मैत्रीपूर्ण खेलमा लज्जास्पद पराजय भोगेपछि फ्लिक बर्खास्तीमा परेका हुन्।
जापानले जर्मनीलाई ४–१ गोलले हराएको थियो। त्यसको २४ घण्टा नबित्दै जर्मनीले फ्लिकलाई मुख्य प्रशिक्षकबाट हटाएको हो। यूरो कप सुरु हुन ठिक ९ महिना अघि फ्लिकलाई जिम्मेवारी मुक्त गरेको जर्मनीको फुटबल फेडरेसनले रुडी भोलेरलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।
नयाँ प्रशिक्षकबारे छलफल भइरहेको फेडसेनले जनाएको छ। फ्लिक सन् २०२१ को जुलाई १ मा जर्मनीको प्रशिक्षक बनेका थिए। उनको नेतृत्वमा जर्मनीले २५ खेल खेल्दा १२ जित, ७ बराबरी र ६ हार व्यहोरेको थियो।
सन् २०२२ मा कतारमा भएको विश्वपकपमा पनि जर्मनीलाई जापानले १–२ गोल अन्तरले हराएको थियो। समूह इ मा रहेको जर्मनी तेस्रो बन्दै समूह चरणबाटै बाहिरिएको थियो। सो समूहबाट जापान र स्पेन अघिल्लो चरणमा प्रवेश गरेका थिए।


