काठमाडौँ– नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ कार्यक्रम लन्च गरेको छ। टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने टेलिकमले जानकारी दिएको छ।
नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ। सो च्यालेन्ज २०८० भाद्र २४ देखि प्रारम्भ भएको र आगामी असोज ७ गतेसम्म यसमा सहभागी हुन सकिने छ।
विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ। च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन्। त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने छ।
नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए। च्यालेन्जले तीज पर्व थप मनोरञ्जक बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ।


