काठमाडौं– नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रममार्फत ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो।
कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ। बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो। यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी हो।

बिवाइडी डल्फिनमा ४४।९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ। गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ। बिवाइडी डल्फिनको शुभारम्भले नेपालमा नयाँ ऊर्जा यात्रुवाहक सवारी साधन व्यवसायको क्षेत्रमा कोशेढुंगा सावित भएको छ।



