काठमाडौँ– नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिले अत्याधुनिक सुविधासहित भक्तपुरको कैशलटारमा शोरुम सञ्चालनमा ल्याएको छ।
गत भाद्र २५ गते प्रमुख अतिथि कम्पनीका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवाल र हिमालय रोडिज सिजन ५ का होस्ट सुरज सिहँ ठकुरी र ग्याङ लिडर रहेकी तथा नायिका प्रिंयका कार्कीबाट संयुक्त रुपमा द्घाटन गरिएको हो ।
कौशलटारमा अवस्थित उक्त शोरुम दुई पाङ्ग्रे सवारीको ठूलो र अत्याधुनिक शोरुम मानिएको छ। यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ग्लोबल मोटर्स स्पोट्स लिगेसी’ लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो।


