काठमाडोँ– डेल्टा अटोकर्प प्रालिले नेपालमा नयाँ अप्रिलिया एसआर १६० स्कुटर बजारमा ल्याएको छ। इटालियन पियाजियो गु्रपको भारतीय सहायक कम्पनी र आइकोनिक भेस्पा र स्पोर्टी अप्रिलिया रेन्जको स्कूटर नेपालमा ल्याएको हो ।
आई–गेट इन्जिनले सुसज्जित छ, जसले सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल–टू–सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्त्वपूर्ण फाइदा दिन तयार गरिएको कम्पनीले जनाएको छ ।
आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६०, यसको उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित छ र यो राइडरहरूका ेरोजाइमा पर्ने स्कुटर हो ।
अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सीसी इन्जिन छ र यो मात्र ७.५ सेकेन्ड भित्रै ० देखि ६० किलोमिटरप्रति घण्टा सहजै जान्छ । यो स्कूटर सहरी सडकहरुमा चलाउन सजिलो छ । विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ । यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरूले पनि सुसज्जित छ ।
यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगले गर्दा योशहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने छ ।


