काठमाडौँ- साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले माल्दिभ्सविरुद्ध ४–१ गोलको जित निकालेको छ।
पहिलो हाफको समाप्तिमा नेपाल २–० ले अग्रता लिएको थियो। तर दोस्रो हाफको सुरुवातीमा माल्दिभ्सले पनि एक गोल फर्काएको थियो।
दोस्रो हाफमा ५८औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिस गरेका थिए। दशरथ रंगशालामा भएको खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याए।
दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले व्यक्तिगत दोस्रो गोल थपे।
नेपालले अब समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ। समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझ नै भारत र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।


