काठमाडौं- सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका हुन्।
निगमले आजै एक वक्तव्य जारी गरी पछिल्लो मूल्यवृद्धि फिर्ता लिने कानुनमन्त्री धनराज गुरुङले बताए।
गुरुङका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री दाहालले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका हुन्।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो।
चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगत्तै सरकारको चर्को आलोचना भएको थियो।


