पोखरा- नेपाल ट्रायाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलनतर्फको उपाधि युएईका साउद अलजावी र महिला तर्फको उपाधि भारतकी स्नेहल सुनील जोशीले हात पारेका छन्।
२०२३ एसियन ट्रायाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तर्गत भएको दुवाथलन खेलमा साउदले ५ किमी दौड, २० किमी साईक्लिङ्ग र २ दशमलव ५ किमी दौडको दुरी ५९ मिनेट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन्।
पुरुषतर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे।
महिलातर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनट २५ सेकेन्ड समयका साथ दोस्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनट ३० सेकेन्ड समयका साथ तेश्रो भए।


