२०८३ कार्तिक ११ गते मङ्गलबार

बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १९
Baahrakhari golf and parisambad

काठमाडौँ- बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद (एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम) वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ। आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रममा एक हजार पाँच सय बढी पाहुना उक्त कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको छ।

बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराए।

‘खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, ‘बाह्रखरीले गरेको यो कामलाई अन्य मिडियाले समेत सञ्चालन गर्न सक्छन्।’

खेलसँगै बाह्रखरीले वार्षिक रुपमा कथा प्रतियोगिता आयोजना गरेर साहित्यको क्षेत्रमा सहयोग पु¥याएको बताएका छन्। त्यस्तै, ‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुने आयोजले जानकारी दिएको छ।

परिसंवादमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन्। ‘अर्को चरणको आर्थिक सुधार’मा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको हो,’ प्रधान सम्पादक प्रधानले भने, ‘आर्थिक परिसंवाद’ले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पुर्‍याउनेछ भन्ने हामीलाई लागेको छ।’

पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने ‘सुनको बल’ सार्वजनिकीकरण गरिएको थियो। गल्फ प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन्।

प्रतियोगितामा सहभागी गल्फरहरुले गोकर्ण गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन्। र, यस प्रतियोगितामा ‘खेलाडी छनोट समिति’ले छनोट गरेका खेलाडीलेमात्रै भाग लिन पाउनेछन्।

१८ होलमा स्टेबल फोर्ड फमेटमा प्रतिस्पर्धा हुनेछ। यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन। यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्दछ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डाई’ को ‘भेन्यू’ गाडी प्राप्त गर्नेछन्।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मन्च(एनएसजेएफ)का अध्यक्ष देवेन्द्र सुवेदीले बाह्रखरीले आयोजना गर्ने यो कार्यक्रमले खेल र आर्थिक क्षेत्रकै महत्त्व बोकेको भएको बताए।

प्रकाशित: २०७९ चैत १९ गते आईतबार ०६:३३
प्रतिक्रिया

थप समाचार

शुक्रद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

धरान- नेपालका नम्बर एक गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका  छन्। अन्तिम दिन १-अन्डर ६९ सहित समग्रमा...

गल्फ च्याम्पियनसिप : प्रो-एमको उपाधि दिनेश र टिमलाई

काठमाडौं - सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ। गोकर्ण गल्फ...

गल्फ टुरमा ३० ‘प्रोफेसनल’ र ७ ‘एमच्योर’को प्रतिस्पर्धा

काठमाडौँ-  सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत छैटौँ प्रतियोगिता मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ। ७२ होलको प्रतियोगिता भोलिदेखि सुरू भएर शुक्रबारसम्म चल्ने आयोजक नेपाल गल्फर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना