काठमाडौं – रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जना व्यक्तिहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार यादवसहितका व्यक्तिमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो।
वडा नम्बर २ घोरानेटी खोलादेखि घोरानेटीसम्म सोला पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
उनीहरूसँग ४ लाख ६६ हजार ४८८ रुपैयाँ बिगो माग, जरिवाना र कैद सजाय माग गरिएको अख्तियार प्रवक्ता भोला दाहालले बताए।
मुद्दा दायर भएकामा तत्कालीन योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सव-इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेत, उपाधोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी रहेका छन्।
यस्तै, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडासचिव कुलबहादुर योगी छन्।


