काठमाडौं – आजबाट सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत छैटौं चरणको खेलमा संकटा फुटबल क्लब र विभागीय क्लब एपिएफले जित निकालेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको खेलमा संकटाले एफसी खुमलटारलाई १–० ले हराएको हो।
संकटालाई लिगमा दोस्रो जित दिलाउनका लागि खेलको २७ औं मिनेटमा जुनियर ओन्गुएनेले निर्णायक गोल गरेका थिए।
त्यस्तै आजै च्यासल रंगशालामा भएको विभागीय डर्बीमा एपिएफले पुलिस क्लबलाई २–० ले हराएको छ। एपिएफलाई लिगमा समग्रमा तेस्रो जित दिलाउनका लागि हरि कार्की र सबिन गुरुङले समान १–१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भए पनि ५७ औं मिनेटमा हरिले इन्जुरी समयमा सबिनले गोल गर्दै एपीएफलाई को जित दिलाए।
जितसँगै एपीएफले ६ खेलमा १० अंक जोडेको छ भने ६ खेलमा ९ अंक जोडेको संकटा छैटौं स्थानमा उक्लिएको छ। एपीएफ पाँचौं स्थानमा उक्लिएको छ।
यता, सुरुका दुवै खेलमा जित निकालेर छ अंक बनाको खुमलटारको यो चौंथो हार हो। तालिकाको पुछारको पुलिसको यो पाँचौं हार हो, उसले ६ खेलमा १ अंक मात्र जोडेको छ।


