काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएकोमा सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ।
साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


