२०८३ कार्तिक २२ गते शनिवार

जाजरकोट भूकम्पमा जनधनको ठूलो क्षति, यस्तो छ प्रारम्भिक विवरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १८
jajarkot

काठमाडौँ- जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जनधनको ठूलो क्षति भएको अनुमान नेपाल प्रहरीले गरेको छ। शुक्रबार राति ११:४७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, जुम्ला र कालिकोट बढी क्षति भएको छ।

क्षतिको विवरण प्राप्त हुने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ। भूकम्पको केन्द्रबिन्दु मानिएको जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ।

नलगाढ नगरपालिका-१ का वडाध्यक्ष धनबहादुर महरका अनुसार वडाको सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो। ‘घरहरू ध्वस्त छन्, सुख्खा पहिरोको कारण बाटो अवरुद्ध छ। उद्धारमा कठिनाइ छ। घाइतेलाई अस्पताल पुर्‍याउन समस्या छ,’ उनले भने।

जिल्लाको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार भेरी नगरपालिकामा विभिन्न वडाहरुमा घर भत्किँदा ९ जनाको मृत्यु भएको विवरण आएको हो।

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए।

‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने। सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन्।

रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

जिल्लाको आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार नगरपालिकाको वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १४ मा ९ जना र वडा नं १२ मा ४ जना गरी २२ जनाको मृत्यु भएको हो।

भूकम्पमा परी सयौँ घाइते भएका छन् भने करोडौँको धनमाल नष्ट भएको अनुमान छ। क्षतिको विवरण प्राप्त हुने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्धार‍मा जुट्न निर्देशन दिएका छन्।

घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको हेलो सरकारले फेसबुक पोस्ट गरेको छ।

‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित गर्नुभएको छ,’ प्रधानमन्त्रीको समाजिक सञ्जाल ‘एक्स’को पोस्टमा उल्लेख छ।

प्रकाशित: २०८० कार्तिक १८ गते शनिवार ०४:०५
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन्। विश्वव्यापी रूपमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना