कास्की– पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ। महानगरबाट दुई जना वडाध्यक्ष सहित १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले जानकारी दिए।
टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य छन्। महानगरपालिकाका जनप्रतिनिधिहरुको एक महिनाको पारिश्रमिक पनि राहत स्वरूप सहयोग गर्ने घोषणा गरिएको छ। अहिले त्रिपाल, लत्ताकपडा, ब्ल्याङ्केट र औषधि लिएर टोली हिँडेको उनले जानकारी दिए।
मेयर, उपमेयरलगायत वडाध्यक्ष र कार्यपालिका सदस्यको एक महिनाको तलबबाट शोधभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको सामग्री पठाइएको आचार्यले बताए। पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ।


