काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएरातिको खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ रनले हराएको छ। गुहावटी रंगहालामा सम्पन्न खेलमा सुरुमा ब्याटिङ गरेको पञ्जाबले चार विकेट गुमाएर १९७ रन बनाएको थियो।
जवाफमा राजस्थानले सात विकेट गुमाएर १९२ रन मात्र बनाउन सकेपछि पाँच रनको हार बेहोरेको हो। प्लेयर अफ दि म्याच बनेका नाथन एलिसले चार ओभर बलिङ गरेर राजस्थानको चार विकेट गिराएका थिए।
जवाफी पारीमा राजस्थानका सन्जु समसनले ४२, सिमरन हेट्मायरले ३६ रन बनाए भने ध्रुव जुरेलले पनि ३२ रनको योगदान दिए।
पहिलो पारीमा पञ्जाबका ओपनर प्रभिसिमरन सिंहले ६० रन बनाउँदा अर्का ओपनर शिखर धवनले ८६ रन बनाएका थिए। उनीहरुले ९० रनको साझेदारी गरे। बलिङमा जेसन होल्डरले दुई विकेट लिए।
यो जितसँगै पञ्जाजबले दुई खेलबाट चार अंक जोडेको छ भने राजस्थानको दुई खेलबाट एक अंक मात्र रहेको छ। गुजरात जायन्टसको पनि चार अंक रहेको छ।
आईपिएलमा आज काेलकत्ता नाइट राइडर्सले रोयल्स च्यालेन्जर्स बैगलोरको सामना गर्नेछ।


