२०८३ कार्तिक १४ गते शुक्रबार

सोमबारको परकम्पबाट १३ जना घाइते, कसरी हुँदैछ राहत वितरण?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
३

जाजरकोट- सोमबार दिउँसोको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ।

भुइँचालोले पहिरो खसेपछि जाजरकोट-डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

यस्तै, भूकम्पमा परी रुकुम पश्चिममा ११ जना र जाजरकोटमा दुई जना घाइते भएको विवरण प्राप्त भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

सोमबार अपरान्ह ४:३१ मा जाजरकोटलाई नै केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्पले धक्का दिएको थियो। यो परकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले बताएको छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

शुक्रबार मध्यरातको भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका छन्। यसअघि मृतकको संख्या १५७ उल्लेख भएपनि ४ जनाको दोहोरो विवरण परेकोले सच्याइएको समेत मन्त्रालयले जानकारी दिएको छ।

भूकम्पमा परी ३७५ जना घाइते भएका थिए। यीमध्ये ३९९ जना उपचार पछि डिस्चार्ज भएका छन्।

रुकुम पश्चिममा ५, जाजरकोटमा ४२, सुर्खेतमा १७ र काठमाडौँमा ९ गरी कुल ७६ जना अस्पतालमा उपचाररत छन्।

हालसम्म जाजरकोट जिल्लामा ब्ल्याङ्केट ३ हजार ६५५ धान, कपड़ा १ हजार ५०० थान वितरण गरिएको छ।

डसना ३५ थान, सिरक ५४ थान, तन्ना ४२० थान, बेबी प्याक १०० वटा होम टेन्ट ४७ थान, त्रिपाल ३ हजार ४०९ थान, म्याट्रेस ५३६ थान, स्लिपिङ ब्याग ६२ थान, पि.फम ५० रोल पनि वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै बाल्टिन ६६७ थान, सोलार १५३ थान, पानी शुद्धीकरणका लागि पीयुष २७४ वटा, घुम्ती शौचालय ५० वटा, हाइजिन किट २८४ थान र चामल ३०,५५० के.जी., दाल ७९९ के.जी. खाने तेल २६२ कार्टुन, चिउरा १०२ बोरा लगायतका विभिन्न प्रकारका सामाग्रीहरु वितरण भइसकेको मन्त्रालयको भनाइ छ।

त्यसैगरी रुकुम पश्चिम जिल्लामा टेन्ट १० थान, त्रिपाल १ हजार ७ थान, म्याट ६०० थान, कम्बल १,००० थान, कपडा १५० थान. पि. फम २२ रोल बान्टिन २६७ थान, तन्ना २०० थान, ब्ल्याङ्केट ३०० थान, चामल ६,४०० के.जी., दाल १.१४० के.जी.. तेल ३४० लिटर र पानी शुद्धीकरणका लागि पीयुष २६७ थान लगायतका विभिन्न प्रकारका सामाग्रीहरु वितरण भएका छन्।

हालसम्म त्रिपाल ८,३२० थान, स्लिपिङ ब्याग १,३४५ थान, टेण्ट ३५० थान, ग्ल्याट ९० चान लगायतका गैरखाद्य सामाग्री जिल्लामा पठाइसकिएको छ। त्रिपाल १२ हजार ६८४ वान, टेन्ट ८४९ थान, ब्ल्याङ्केट ७.६८५ वान, स्लिपिङ ब्याग ३.२१२ थान म्याट्रेस २,४१५ थान, पि. फम ७२ रोल लगायतका सामाग्री पठाइएको मन्त्रालयको भनाइ छ।

यसैगरी भारतबाट त्रिपाल ६२५ थान, स्लिपिङ ब्याग २ हजार ११२ थान, ब्ल्याङ्केट २ हजार २३० थान र टेण्ट १४९ थान प्राप्त भएका छन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार ५/५ करोड रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको छ।

राहत वितरणका लागि कर्णाली प्रदेश सरकार, काठमाडौं महानगरपालिका, शान्ति नेपाल, द्वारिकाज फाउन्डेशन, मारवाडी सेवा समिति, प्रदेश उद्योग वाणिज्य संघ कर्णाली प्रदेश, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, विश्व खाद्य कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, दाङ र बाँकेको संयोजनमा विभिन्न स्थानीय तहलगायतका विभिन्न दाताहरुबाट प्राप्त खाद्य तथा गैरखाद्य सामाग्री उल्लिखित दुई जिल्लामा पठाइएको छ।

प्रकाशित: २०८० कार्तिक २० गते सोमबार ०९:५२
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना