काठमाडौँ- शौर्य सिमेन्ट इन्डस्ट्रिजले मिथिला लोक चित्रकला प्रतियोगिता गर्ने भएको छ। प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दामाथिका महिला सहभागी हुन पाउने व्यवस्था गरिएको शौर्यले जानकारी दिएको छ।
प्रतियोगिता ३ विभिन्न चरणमा सम्पन्न हुने छ। पहिलो चरणमा सहभागी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट र फेसबुक पेजको क्युआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाटसएप ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्नेछन्।
यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका र न.पा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाइएको छ। फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेको छ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन्। दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्ने छ।
दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने छ।अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन्। यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्धोगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ। उहाँहरुले बनाउनु भएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ।
यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजारका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार उपलब्ध गराईने छ।
प्रतियोगितामा सहभागी हुन कम्पनीको आधिकारिक वेबसाईट र फेसबुक पेज उल्लेखित क्युआर कोड स्क्यान गरी फारम भर्न सकिने कम्पनीले जानकारी दिएको छ।


