२०८३ कार्तिक १३ गते बिहिबार

वीर र सशस्त्र प्रहरी अस्पतालबीच समझदारी

 |  रासस
Sanket

रासस

काठमाडौँ, कार्तिक २४
bir_hospital

काठमाडौँ- वीर अस्पताल र  सशस्त्रप्रहरी अस्पतालबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा मन्त्रालयका आज आयोजित समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा रुपक महर्जनले शैक्षिक कार्यक्रम विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे।

समझदारी प्रतिष्ठानले निकट भविष्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम सशस्त्र अस्पतालमा पनि विस्तार गर्ने बताइएको छ। मन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्चस्तरको दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै उक्त समझदारीले स्वास्थ्य क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे।

‘जनतालाई आधारभूत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन यस समझदारीले थप भूमिका खेल्नेछ। मन्त्रालयका लागि यो खुशीको कुरा हो,’ मन्त्री बस्नेतले भने, ‘सशस्त्र प्रहरीले शान्ति सुरक्षासँगै स्वास्थ्य उपचारको क्षेत्रमा उल्लेखनीय काम गरेको छ, सशस्त्र प्रहरी अस्पताललाई आवश्यकता सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार छौँ।’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतिष्ठानसँगको शैक्षिक समझदारी आफूहरुका लागि ठूलो उपलब्धी भएको बताए। उनले उक्त समझदारीले भविष्यमा मेडिकल कलेजको रुपमा सञ्चालन गर्न सहयोग पुग्ने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव डा देवकुमारी गुरागाईंले चिकित्सा क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादन गर्ने क्षेत्रमा यो समझदारीले फड्को मार्ने बताए। उपकुलपति प्राडा बस्नेतले न्याम्सका पदाधिकारीले निरीक्षण गर्दा सशस्त्र प्रहरी अस्पतालले प्रदान गरिरहेको उपचार सेवा र प्रर्याप्त भौतिक पूर्वाधार भएको पाइएपछि शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिए।

सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा महर्जनले उक्त समझदारी पछि सशस्त्र प्रहरी अस्पतालमा शैक्षिक वातावरण सिर्जना हुने र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सकारात्मक प्रभाव पार्ने बताए। एक सय १० शययाबाट सुरु गरिएको सशस्त्र प्रहरी अस्पताल अहिले एक सय ९० शययामा सञ्चालित छ।

प्रकाशित: २०८० कार्तिक २४ गते शुक्रबार ०९:१०
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना